इनरुवामा नगरस्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता उद्घाटन

जयकृष्ण यादव । इनरुवा
इनरुवा, बैशाख २९ गते । सुनसरीको इनरुवामा पहिलोपटक अन्तर विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । इनरूवा क्रिकेट क्लब एण्ड एकेडेमी इनरुवाको आयोजनामा सोमबारबाट सुरु भएको इनरुवा नगरस्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको इनरुवा नगर प्रमुख केदार भण्डारीले उद्घाटन गर्नुभएको हो ।
नगर प्रमुख भण्डारीले इनरुवामा युवा विधार्थीहरुलाई क्षमता विकास र खेलकुदमा प्रवेश गराउने तथा कुनै पनि कुलतबाट जोगाउने उदेश्यले नगरस्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिताले सार्थक सन्देश प्रवाह गरेको बताउनुभयो । उहाँले विधार्थीहरुलाई खेलकुद प्रति आक्रर्षित गर्न र खेलाडी उत्पादन गर्न इनरूवा क्रिकेट क्लब एण्ड एकेडेमी सञ्चालन भएकोमा खुसी व्यक्त गर्नुहुदै इनरुवा नगरस्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको सफलताको शुभकामना दिनुभयो ।








क्रिकेटको उद्घाटन सत्र क्लबका अध्यक्ष सोनु मण्डलको अध्यक्षता र नगर प्रमुख केदार भण्डारीको

प्रमुख आथित्यतामा सम्पन्न भएको जनाएको छ । वक्ताहरुले विद्यार्थी जीवनबाट नै क्रिकेट खेलप्रति सकारात्मक सोच बढाई व्यवसायिक खेलाडीहरू उत्पादन गर्न,,स्थानीय खेलाडीहरू उत्पादन गरी राष्ट्रिय स्तरको खेलाडीसँग खेल्न योग्य बनाउने, विद्यार्थीहरूलाई खेलकुद प्रति आकर्षण बढाइ कुलतबाट टाढा राख्ने र इनरुवा नगरपालिकालाई खेलाडीको शहर र खेलकुदको नगरीको रूपमा प्रवद्र्धन गर्ने तथा स्थानीय स्तरमा नै व्यवसायिक खेलाडीहरू उत्पादन गर्ने विश्वास व्यक्त गरेका छन् ।
उदुघाटन सत्रमा दिएको जानकारी अनुसार नगरका १५ विधालयको सहभागीतामा सुनसरी बहुमुखी क्याम्पस इनरुवाको खेल मैदानमा सुरु भएको खेल जेठ ३ गतेसम्म हुनेछ ।
उद्घाटन कार्यक्रममा प्रिन्सिपल विदुर बराल, आषिश थापा, नेपाल क्रिकेट संघका चेतराज पौडेल, नेपाल खेलकुद महासंघका केन्द्रिय सचिव विप्लप घोष, पत्रकार जयकृष्ण यादव, जनता समाजवादी पार्टीका नेता दिलिप साह, नेकपा एसका बसन्त सुवेदी लगायतको उपस्थिती रहेको थियो ।
“स्वास्थ्यको लागि खेलकुद राष्ट्रिको लागि खेलकुद”मुल नाराका साथ इनरुवा नगरपालिकालाई आफनो गौरवपूर्ण इतिहास निर्माण गर्नको लागि यहाँको खेलकुद, खेलाडीहरू उत्पादन गर्न, स्वास्थ्य समाज निर्माण गर्ने उदेश्यले प्रतियोगिता गरेको क्लबका सल्लाहकार सरोज बस्नेतले बताउनुभयो ।
बस्नेतका अनुसार प्रथम पुरस्कार १५ हजार र दोस्रो पुरस्कार १० हजार नगद सिल्ड, प्रमाणपत्र रहेको छ ।
सहसचिव दुर्गानन्द यादवले इनरुवा नगरपालिका भित्रका युवाहरूद्वारा संचालित संस्था इनरूवा क्रिकेट क्लब एण्ड एकेडेमीले इनरुवा नगरस्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिताले सफलताको शिखर चुम्ने बताउनुभयो ।


१, सुनसरीको इनरुवा नगरपालिका ४ स्थित सुनसरी बहुमुखी क्याम्पसमा इनरूवा क्रिकेट क्लब एण्ड एकेडेमी इनरुवाको आयोजनामा सुरु भएको इनरुवा नगरस्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा

