जयकृष्ण यादव । इनरुवा
इनरुवा, जेठ ३ गते । सुनसरीको इनरुवामा सम्पन्न भएको प्रथम अन्तर विधालय स्तरीय क्रिकेटको उपाधी आवर ईगिंलस स्कूलले जितेको छ । इनरूवा क्रिकेट क्लब एण्ड एकेडेमी इनरुवाको आयोजनामा सम्पन्न भएको इनरुवा नगरस्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा शारदा मावि बलाहालाई आवर ईगिलस बोर्डिगं स्कुलले दिएको १०६ रनको टार्गेटमा शारदा मावि बलाहाले ३३ रनमा अलआउट भएको थियो । शारदालाई ७२ रनले पराजित गर्दै आवर उपाधी चुमेको हो । उपाधी चुमेका आवर ईगिलसले ट्रफि, सिल्ड र नगद १५ हजार रुपियाँ पुरस्कार पाएको छ भने उपविजेता भएको शारदा मावि बलाहाले ट्रफि, सिल्ड र नगद १० हजार रुपियाँ पाएको छ । प्रमुख अथिति इनरुवा उपप्रमुख विनिता कुमारी मेहताले पुरस्कार वितरण गर्नुभयो । मेहताले इनरुवामा खेल मैदान निर्माण गर्ने काममा थाल्ने बताउनुभयो । आयोजक इनरूवा क्रिकेट क्लब एण्ड एकेडेमी इनरुवाका अध्यक्ष सोनु मण्डलले प्रतियोगितामा १४ वटा टिमको सहभागीता रहेको थियो । यसैबीच प्रतियोगितामा म्यान अफ दि म्याच शिवशंकर यादव घोषीत हुनुभयो । म्यान अफ दि सिरिज तीन खेलमा ५५ रन लिएको आवरका विकास यादव हुनुभयो भने उत्कृष्ट खेलाडी सुरज साह, बेष्ट म्यान अमन यादव , दुई खेलमा ६० रन लिएको रोहित यादव सहितलाई घोषीत गरेको थियो ।
फाईलमा पुरस्कार वितरण कार्यक्रममा प्याब्सन इनरुवा अध्यक्ष रमेश गुरागाई, नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव विप्लव घोष, पत्रकार जयकृष्ण यादव, आयोजक समितिका विकेश मेहता सहितको उपस्थिति रहेको थियोे ।

सुनसरीको इनरुवामा पहिलोपटक “स्वास्थ्यको लागि खेलकुद राष्ट्रिको लागि खेलकुद“ मुल नाराका साथ क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । सनिवार क्लबका अध्यक्ष सोनु मण्डलको अध्यक्षतामा नगरका १४ विधालयको सहभागीतामा सुनसरी बहुमुखी क्याम्पसको खेल मैदान इनरुवामा खेल सम्पन्न भएको थियो ।


१, सुनसरीको इनरुवामा सम्पन्न भएको प्रथम अन्तर विधालय स्तरीय क्रिकेटको उपाधीे जितेको आवर ईगिलस स्कूललाई पुरस्कार प्रदान गर्दै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा