सुनसरीकाे बराहक्षेत्रमा प्रगतिशील लेखक सङ्घ सुनसरीद्वारा आयोजित कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।प्रलेस सुनसरी अध्यक्ष विमला पोख्रेलकाे अध्यक्षता र प्रलेस केन्द्रीय सदस्य तीला लेकालीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा विशिष्ट अतिथिहरूमा प्रलेस कोशी प्रदेश अध्यक्ष बिन्दु दाहाल मुकदर्शक,नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ पा.डा.खेमराज खनाल, श्री राधाकृष्ण संस्कृत गुरुकुलम् मावि प्राचीन हरिद्वार चतरा धामका प्रधानाध्यापक जमुना दाहाल,साहित्य स्रष्टा एवम् राजनीतिज्ञ कमरेड पुष्प ढुङ्गा, श्री महानन्द स्मृति साहित्य प्रतिष्ठान इनरुवाका संस्थापक अध्यक्ष छविनाथ रिजाल,शकुन्तला मञ्जरी,श्री महानन्द स्मृति साहित्य प्रतिष्ठान इनरुवाका अध्यक्ष किशोर कोईराला,कृतिका परिचर्चाकार  प्रलेस सुनसरी पूर्व अध्यक्ष तथा छन्दोवादी कवि प्रह्लाद भट्टराई ज्यू(पहरेदार)रहनुभएकाे थियो ।


त्यसैगरी अतिथिहरूमा कवि पुण्यप्रसाद चौलागाईँ,लक्ष्मी प्र. पराजुली, जयन्ती गौतम, विष्णुकुमार लिम्बू,कृष्णा पराजुली रहनुभएकाे थियो ।

कार्यक्रममा स्वागत मन्तव्य प्रलेस सुनसरी कोषाध्यक्ष सन्जिव कटुवालले राख्नुभएको थियो ।कार्यक्रममा  धेरै स्रष्टाहरूको बाक्लो उपस्थिति रहेकोमा गुरुकुल माविका विद्यार्थीहरूले रचना प्रस्तुत गर्नुभएको थियो ।


उक्त अवसरमा गुरुकुलका कलाकार विद्यार्थीहरूबाट आकर्षक सांस्कृतिक  नृत्यहरू पनि प्रस्तुत गरिएका थिए । कार्यक्रममा १५० जनाको बाक्लो उपस्थिति रहेको थियोे ।उक्त कार्यक्रमको सञ्चालन प्रलेस सुनसरी सचिवले गर्नुभएको थियोे ।लेखक प्रलेस सुनसरी उपाध्यक्ष कृष्णप्रसाद गौतमज्यूमा हार्दिक बधाई दिनुभयो ।