१२९ ओैं महानन्द सापकोटा स्मृती दिवसकाे अवसरका साहित्य तथा विचार गोष्ठी कार्यक्रम

सुनसरीकाे इनरुवामा २९ वर्षदेखि साहित्य क्षेत्रमा कृयाशिल संस्था महानन्द स्मृति साहित्य प्रतिष्ठानकाे नयाँ कार्य समितिलाई जिम्मेवारी हस्तान्तरण गरेको छ । साहित्यकार महानन्द सापकोटाकाे १२९ ओं जन्म जयन्तीकाे अवसरमा संस्थापक अध्यक्ष छविनाथ रिजालले नयाँ अध्यक्ष किसाेर काेईरालालाई जिम्मेवारी हस्तान्तरण गर्नुभएकाे हो । नयाँ कार्य समितिमा साहित्यकार किशोरकुमार कोइराला अध्यक्ष रहनुभएकाे छ भने उपाध्यक्षमा विमला पोखेल, महासचिवमा जमुना पोखरेल गौतम, सचिवमा प्रकाश मेहता ‘अनुराग’ र कोषाध्यक्षमा कल्पना भट्टराई रिजाल रहनुभएकाे छ । सदस्यहरुमा सरोज बराल,गेहेन्द्र चन्द्र ढुंगेल ,जय कृष्ण यादव, भोजराज खनाल र उत्तम राई रहनुभएकाे छ ।
यसैबीच शनिवार १२९ ओैं महानन्द सापकोटा समृती दिवसका अवसरका साहित्य तथा विचार गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । सम्पन्न भएको साहित्य गाेष्ठीमा प्रतिष्ठानका संस्थापक अध्यक्ष छविनाथ रिजाल , प्राज्ञ प्रा.डा. खेमराज खनाल, सागर तिम्सिना, टिका मिलन,विदुर सुवेदी, भोजराज खनाल, लिलानाथ मिलवाल, जेनिस खत्री, कृष्णप्रसाद गौतम, लेका मि, नारायण ढकाल ,विष्णु थापा मगर , सुधिर केसी, पुष्प दुगांना, झाेटन मेहता, जय कृष्ण यादव,जेवि खत्री, प्रकाश मेहताले रचना बाचन गर्नुभएको थियो । यश कार्यक्रममा काेशी पब्लिक ऐकेडेमीका बालकहरुले असल नृत्य तथा अभिनय गर्नुभयो ।
कार्यक्रम सञ्चालन साहित्यकार विमला पाेखरेलले गर्नुभएको थियो ।
