अनिल श्नेेष्ठ । इटहरी

नेपाल खेलकुद महासंघ सुनसरी जिल्ला कमिटीको दोश्रो अधिबेशनबाट विकल पौडेलकाे अध्यक्षतामा २१ सदस्य समिति चयन भएको छ । महासंघकाे सुनसरी उपाध्यक्षमा इन्दु नेपाल भट्टराई र रबिन खडका,सचिवमा सरोज बस्नेत, उपसचिवमा विष्णु श्रेष्ठ र गणेश तामाङ्ग तथा कोषाध्यक्षमम विष्णु पराजुली चयन हुनुभयो ।

जिल्ला कार्य समितिमा २१ जनाको कमिटी निर्बाचित भएको छ । नवनिर्वाचित हुने सम्पूर्णलाई बधाइ तथा सफल कार्यकालको शुभकामना अथितिहरुले दिनुभयो । “खेलकुद विकासका लागि स्थानीय तहदेखि केन्द्रसम्म भौतिक पुर्वाधार, व्यावसायिक र प्रतिस्पर्धी खेलकुद गतिविधि हाम्रो आधार” मुल नाराका साथ नेपाल खेलकुद महासंघ सुनसरी जिल्ला कमिटीको दोश्रो अधिबेशन कार्यक्रममा दिवस चोङवाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

नेपाल खेलकुद महासंघ केन्द्रिय कमिटी सचिव तथा कोशी प्रदेश इन्चार्जकाे प्रमुख आतिथ्यता, नेपाल कम्युनिष्ट पार्टी एमाले केन्द्रीय सदस्य लक्ष्मी गौतम प्रमुख वक्ता, नेकपा एमालेका पालिका देखि जिल्ला तहका नेताहरुको उपस्थितिमा अधिबेशन भब्य र सब्य रूपमा सम्पन्न भएकाे थियो ।