सुनसरीकाे इनरुवामा दोस्रो मदन भण्डारी स्मृती अन्तराष्ट्रिय कुस्ती (दंगल प्रतियोगीता)काे तयारी  पुरा भएको छ । नेपाल निजामती कर्मचारी संगठन  सुनसरीकाे आयोजनामा जेठ १९ र २० गते हुने दोस्रो मदन भण्डारी स्मृती अन्तराष्ट्रिय कुस्ती (दंगल प्रतियोगीता)मा नेपाल र भारतका चर्चित खलिफाहरुकाे सहभागीता रहने जनाएको छ । प्रतियोगितामा जावेद गनी (कश्मिर),हरीओम वावा (वनारस ),लाडी वावा(हरीद्वार ),फकिर बावा,सैतान सिहं बंगाल,बाहुवली पंजाव टिम सहित भारतीय खेलाडी र पारस थापा, वसन्त थापा,सदिप राना, मेवा थापा लगायतका चरचित खेलाडीले प्रतिस्पर्धा गर्ने भएको छ । सुनसरी बहुमुखी क्याम्पसको खेल मैदानमा हुने खेलकाे सबै तयारी पुरा भएको आयोजक नेपाल निजामती कर्मचारी संगठन  सुतसरीअध्यक्ष चिनेश्वर मेहताले जानकारी दिनुभयो ।