झुम्कामा चौथो राष्ट्रिय थारू चलचित्र तथा सांस्कृतिक महोत्सव सुरु, कलाकारहरु सम्मानित

जयकृष्ण यादव । इनरुवा
इनरुवा , असार ६ गते ।
सुनसरीकाे रामधुनी नगरपालिका स्थित झुम्कामा चौथो राष्ट्रिय थारू चलचित्र तथा सांस्कृतिक महोत्सव सुरु भएको छ ।
थारू चलचित्र तथा साँस्कृतिक संघ केन्द्रीय कार्य समितिकाे आयोजनामा शुक्रबार सुरु भएको चौथो राष्ट्रिय थारू चलचित्र तथा सांस्कृतिक महोत्सवकाे प्रमुख अथिति एवं काेशी प्रदेश मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गर्नुभएको हो ।

“कलाकार राष्ट्रका दिशा निर्देशन गर्ने सम्वाहक हुन्, कलाकारलाई सम्मान गरौं ।” मुल नाराका साथ चौथो राष्ट्रिय थारू चलचित्र तथा सांस्कृतिक महोत्सव सुरु भएको हो । महाेत्सवमा विभिन्न सांस्कृतिक झाकि, नृत्य तथा अभिनय प्रस्तुत गरेको थियो भने थारु समुदायको सवालमा चलचित्र निर्माण, साहित्य र कला क्षेत्रमा याेगदान गर्ने राष्ट्रिय कलाकारहरुलाई सम्मान गरेको छ ।
सम्मानितहरुमा जित सुख टेलि फिल्मका पटकथा, सम्वाद तथा निर्देशन गर्नुभएकोचलचित्र निर्देशक तथा लेखक सागर ढुङ्गेल, धिरेन्द्र चाैधरी, आरजे भिलेन सहित रहनुभएकाे छ ।

थारू चलचित्र तथा साँस्कृतिक संघ केन्द्रीय कार्य समितिका अध्यक्ष पर्शुराम चाैधरीका अनुसार ढुङ्गेलले ३२ वर्ष अघि देखि नै थारु जातिको भाषा, कला-संस्कृति र जातिय उत्थानका लागी साथै नेपाली चलचित्रहरुमा अत्यन्तै महत्वपूर्ण भुमिका र योगदान पुर्याउनु भएकाले जित सुख टेलि फिल्मका पटकथा, सम्वाद तथा निर्देशन गर्दै थारु समुदायको लागी अतुलनीय भूमिका निर्वाह गर्नु भएकोले यस चौथो राष्ट्रिय थारू चलचित्र तथा सांस्कृतिक महोत्सव २०८२ कार्यक्रमको अवसरमा विशेष सम्मान पत्रले सम्मान गरिएको छ ।

ढुङ्गेलले आफुलाई नेपाल टेलिभिजनमा हुदा थारु समुदायको अगुवाहरुकाे आग्रहमा अवसर प्राप्त भएको र आज सम्मानित हुन पाउदा खुसी लागेको बताउनुभयो ।