इनरुवा, असार ७ गते । सुनसरीको सदरमुकाम इनरुवामा विगत चार वर्षदेखी साहित्य क्षेत्रमा निरन्तर योगदान गर्दै आएको ‘सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रम’ को ४० औं शृङ्खला सनिबार सम्पन्न भएको छ ।

इनरुवाका साहित्यकार र पत्रकारको रचना, विचार र कला प्रस्तुत गर्ने थलोको रुपमा रहेको सो कार्यक्रम शनिबार सुनसरी बहुमुखी क्याम्पसमा सम्पन्न भएको हो । गीत, मुक्तक, सायरी, कविता र लघुकथा बाचन सहित ४० औं शृङ्खला सम्पन्न भएको आयोजकले जनाएको छ । कार्यक्रममा इनरुवा नगर क्षेत्रसहित इटहरी उपमहानगरपालिका, बेलबारी र विराटनगरका साहित्यकार तथा कलाकारहरुको उपस्थिति थियो । कार्यक्रममा कालकार तथा पत्रकार र साहित्यमा रुची राख्ने ४२ बढी सरोकारवालाहरुको सहभागिता रहेकोमा सुशासन, सदाचार, खुसी, सुखी र देशको वर्तमान अवस्था सहित माया प्रेम र स्नेहका सवालमा रचना बाचन गरेको थियो । कार्यक्रममा इनरुवाका साहित्यकार नर्वदा निरौला,द्धारिका पोखरेल, सितोस कुमार पोखरेल,भोजराज खनाल, उमा खतिवडा, निर्मला भट्टराई कोईराला, विनिता दाहाल, कान्ता भट्टराई, राधा सुवेदी,शिवनारायाण पण्डित,विदुर सुवेदी,सागर तिम्सिना, रमेन्द्र कोईराला, छविनाथ रिजाल, शशी बजगाई, प्राज्ञ जिवनाथ पोखरेल, डम्बरुबल्भ भण्डारी, रंगलाल भट्टराई, पत्रकार जयकृष्ण यादव, झोटन मेहता, श्रीप्रसाद पोखरेल सहितले रचना बाचन गर्नुभयो ।
त्यसैगरी इटहरीका साहित्यकार टंक भेटवाल, टंक राजवंशी, सम्झना कार्की, टिकाराम मिलन, ऋषिराज तिवारी, संजिव कटुवाल सहितले रचना बाचन गर्नुभयो ।
त्यसैगरी कार्यक्रममा विराटनगरका साहित्यकारहरु राधा थारु, स्मितम खतिवडा, आयुस्मा खतिवता, पिन्स प्रमोद कुमार ढकाल, किरन रिजाल, छत्र काफ्ले, रोहीणी रसिक सहितले पनि बाचन गर्नुभयो ।
उता सोही कार्यक्रममा झोराहाटका बरिष्ठ साहित्यकार कलाकर्मी भरत गुरागाई बर्बरिक, सम्झना कार्की, कुमार श्रेष्ठ, इनरुवाका विष्णु थापा मगर, बेलबारीका राजाराम भट्टराई, केशु विरही लगायतकाले सुन्दर रचना बाचन गर्नुभयो ।

सम्पन्न भएको ‘सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रम’ को ४० औं शृङ्खलामा ४० बढी साहित्यकारहरुले आफ्ना ४० वटा रचना बाचन गर्नुभयो ।
सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रम संस्थाका अध्यक्ष लिलानाथ सिलवालको अध्यक्षता र साहित्यकार ऋषिराज तिवारीको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । इनरुवाको साहित्यमा पहिचान स्थापित गरेको र देशभर नै चिनाउनका लागि सिर्जनामा इनरुवाले योगदान गरेको संस्थाका अध्यक्ष लिलानाथ सिलवालले बताउनुभयो ।

उहाँले कोशी प्रदेशमा मात्रै नभई देशभरका र बेखाबखतमा सीमापारी साहत्यिकारहरुले समेत रचना वाचन गर्न आउने गरेको बताउनुभएको थियो ।
सिर्जनामा इनरुवाले आफ्नो साहित्यिक कार्यक्रम विस्तार गर्ने क्रममा ल्याएको विधार्थीसंगको साहित्य कार्यक्रममा तेस्रो शृङ्खला हालै सम्पन्न गरेको जानकारी दिनुभयो । कार्यक्रममा एकपछि अर्को जिल्ला र स्थानीय तहका नयाँ नयाँ अनुहासरका नवआगन्तु साहित्यकाहरु समेत सहभागी हुन थालेपछि कार्यक्रमको रौनक झनै बढेको छ ।