इनरुवा, भदौ ५ गते । लुम्बिनी विकास बैंक लिमिटेडले सुनसरी सदरमुकाम इनरुवामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । विभिन्न बैंकहरु मर्च भएर बनेको लुम्बिनी विकास बैंक लिमिटेडले इनरुवा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।
शाखा कार्यालयको बैंकका प्रमुख कार्यकारी अधिकृतमा नरेशसिंह बोहराको अध्यक्षता र इनरुवा नगरपालिका प्रमुख केदार भण्डारीको प्रमुख अथित्यितामा उद्घाटन गरेको छ ।


यस बैंकले तीन अर्ब २८ करोड रुपियाँको कारोबार गरिरहेको जनाइएको छ । बैंकको निक्षेप ४५ अर्ब १४ करोड रुपियाँ तथा कर्जा लगानी ४१ अर्ब १३ करोड रुपियाँ पुगेको कार्यालय उद्घाटन कार्यक्रममा जानकारी दिएको छ ।
सिओ बोहराले आफ्नो कार्यकालको चार वर्षमा बैंकका सेयरधनीलाई कुल ६० दशमलव ७५ प्रतिशत लाभांश वितरण गरिएको र बैंकको निष्क्रिय कर्जा तीन दशमलव ३४ प्रतिशतबाट घटेर एक दशमलव ६८ प्रतिशत कायम भएको तथा शाखा संख्या सातै प्रदेशमा गरी ८६ पुगेको जानकारी दिनुभयो ।


उद्घाटन कार्यक्रममा उधोग बार्णिज्य संघ इनरुवाका अध्यक्ष विरेन्द्र कुमार साहले बैक तथा वितिय संस्थाहरु खुल्ने क्रम बढेकोमा खुसी व्यक्त गर्नुभयो । वहाँले सेवाग्राहीको सवारी पार्कीगंको व्यवस्था मिलाउन सुझाव दिनुभयो ।
उधोग बार्णिज्य संघ इनरुवाका उपाध्यक्ष गिरीराज अटलले सामाजिक उतरदायित्व र विकासमा पनि बैक तथा वितिय संस्थाहरुको भुमिका रहने भएकाले त्यसमा लुम्बिनी बैकलाई पनि ध्यान दिन आग्रह गर्नुभयो । इनरुवा १ का वडा अध्यक्ष प्रमोद पोखरेलले नगर क्षेत्रका सेवाग्राहीलाई छिटोछरितो र व्यवस्थित सेवाका लागि शुभकामना दिनुभयो ।


१, सुनसरीको इनरुवामा लुम्बिनी विकास बैंक लिमिटेडको शाखा कार्यालय उद्घाटन कार्यक्रमका अथितिहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा