करुणा समाज इनरुवाको आयोजनामा बा विषयक रचना बाचन कार्यक्रम

हिमानी यादव। इनरुवा
सुनसरीको इनरुवा नगरपालिका ५ बलाहामा रचना बाचन कार्यक्रम सम्पन्न भएको छ। करुणा समाज इनरुवाको आयोजना र इनरुवा नगरपालिकाको सहकार्यमा बा विषयक रचना बाचन कार्यक्रम सम्पन्न भएको हो।

कुशे औसीको पिता सम्मान दिवस,माेती जयन्तीको अबसरमाबा विषयक रचना बाचन कार्यक्रम सम्पन्न गरेको समाजका एकनाथ खनालले जानकारी दिनु भयो। बा विषयक रचना बाचन कार्यक्रममा भरत गुरागाँई बर्बरिकले सबैलाई भावुक बनाउनुभयो। उहाँले बुवाको महिमा, महत्व र धारणाको बारेमा बा विषयक रचना बाचन गर्न पाएकोमा खुशी व्यक्त गर्नु भएको छ।


कार्यक्रममा खेमराज भक्तमाला, फडिन्द्र दाहाल, अच्युत भण्डारी, सागर तिम्सिना, खखेरा, छबिनाथ रिजाल, प्रकाश अनुराग सहितकाले कुशे औसी, बुवाको मुख हेर्ने दिन र मोतिराम भट्टको जन्म जयन्तीमा केन्द्रित रचना बाचन गर्नु भएको थियो।



त्यसैगरी साहित्यकार शेखर पोखरेल, बिमला पोखरेल, हिमानी यादव, अनुष दाहाल, यसोदा आचार्य, लिलानाथ सिलवाल, प्रदिप कोइराला, अर्जुन दाहालले समेत बुवाको महत्वपूर्ण भुमिका माथि रचना बाचन गर्नु भएको थियो। कार्यक्रम इनरुवा नगरपालिकाकोको मेयर केदार भण्डारी भण्डारी प्रमुख अतिथित्यता र समाजका अध्यक्ष एकनाथ खनालको अध्यक्षतामा सम्पन्न भएको आयोजक माधवप्रसाद आचार्यले जानकारी दिनुभयो।



इनरुवा नगरपालिका ५ को राम मन्दिरमा भएको कार्यक्रममा इनरुवा ५ का वडाअध्यक्ष अनिल कुमार पोविरल , जिबनाथ पोखरेल, साहित्यकार छविनाथ रिजाल , साहित्य साधक बिष्णु थापा,महाकाव्यकार डम्बरुबल्भ भण्डारी,लिलानाथ सिलवाल,भरत गुरगाई बरबरीक रबिन्द्रमुनी कोइराला,किसोर कोइराला,बिमला पोखरेल,राधा सुवेदी जय कृष्ण यादव,प्रकाश अनुरात, बिष्णु दाहाल,अर्जुन जहाल -ओखलढुङ्गे,कान्ता भट्टराई, सुगुन पोखरेल,इन्द्रविनोद भट्टराई, पुर्व उपमेयर जमुना गौतम, कविराज धिमिरे,निर्मला कोइराला, बाल साहित्यकार अनुष दाहाल, हिमानी यादव सहितको दर्जनौंले रचना बाचन गर्नु भएको थियो।


