नेपाल लाइब्रेरी फाउन्डेसन नेपाल गृह पुस्तकालय अभियान  सुनसरी जिल्ला समितिको आयोजनामा १८ ओैँ राष्ट्रिय  पुस्तकालय दिवस  कार्यक्रम  भव्य र सभ्य रूपमा सम्पन्न भएको छ।   ।

प्रगतिशील लेखक सङ्घ कोशी प्रदेशका अध्यक्ष विन्दु दाहाल मुकदर्शकको प्रमुख आतिथ्यता र गृह पुस्तकालय अभियान जिल्ला समन्वय समितिका अध्यक्ष विमला पोख्रेलको अध्यक्षतामा दिवस मनाइएको हो। सम्पन्न कार्यक्रममा सुनसरीका १२ वटा पालिकामध्ये ४ वटा पालिकाका संयोजकको नामावली सार्वजनिक गरिएको जनाएको छ। बाँकी पालिकाहरूमा छिट्टै संयोजक चयन गरिने जनाएकोछ ।

पालिकाका संयोजकहरुमा इनरुवा नगरपालिका संयोजक फणीन्द्र दाहाल, इटहरी उपमहानगर पालिका संयोजक -पुण्यप्रसाद चौलागाईं  धरान उपमहानगर पालिका संयोजक -मनि राई र बराहक्षेत्र नगरपालिका संयोजक -गणेश भट्टराईलाई तोकिएको छ। कार्यक्रममा विशिष्ट अतिथिहरूमा माधव पोख्रेल गोजाङ्ग्रेज्यू(कोशी प्रदेश संयोजक ),बोधकुमार घिमिरे(प्रलेस कोशी प्रदेश इन्चार्ज ),रामप्रसाद खरेल(नेपाल प्रज्ञाप्रतिष्ठान काव्य विभाग सदस्य ) दिनेश थापा(प्रलेस कोशी प्रदेश उपाध्यक्ष ),डिल्लीराम परदेशी,श्यामप्रसाद ढुङ्गाना,हिरा खड्का अधिकारी ,लीलाप्रसाद अधिकारी,युवराज दाहाल,उर्मिला शर्मा,पुण्य चौलागाईं,फणीन्द्र प्र.दाहाल,रोशन यात्री,चिन्तामणि पौडेल,यज्ञराज सुवेदी,दिलिप घिमिरे,गणेश भट्टराई,नारायणप्रसाद ढकाल,शारदा पोख्रेल,रेमन गौतम,प्रिसियस पोख्रेल लगायत ३५ जनाको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य साहित्यकार टीका मिलन घिमिरेको रहेको थियोे ।कार्यक्रम”हाम्रो पुस्तकालय :हाम्रो भविष्य “भन्ने मूल नारामा समर्पित कार्यक्रम सम्पन्न भएको थियो।