नेपाल खेलकुद महासंघको कोशी प्रदेश कमिटी बिस्तारीत बैठक बिराटनगरमा सम्पन्न
अनिल श्रेष्ठ । इनरुवा
नेपाल खेलकुद महासंघको कोशी प्रदेश कमिटी बिस्तारीत बैठक बिराटनगरमा सम्पन्न भएको छ ।

महासंघका अध्यक्ष पर्शुराम बस्नेतको प्रमुख आतिथ्यमा बसेको बैठकमा महासंघका केन्द्रिय सचिव बिप्लब घोष बिशिष्ट अतिथी रहनु भएको थियो । उक्त बैठकका प्रमुखवक्ताका रुपमा नेकपा एमाले केन्द्रिय सदस्य जिवन घिमिरे रहनुभएको थियो ।

उहाँले बोल्ने क्रममा जेनजी आन्दोलनका क्रममा उठाइएका कतिपय मुद्धा सहि भएपनी अहिले जे जस्ता परिदृष्य देखा परेका छन त्यसले मुलुक गम्भिर परिस्थीतीमा रहेकाले सबैले आ–आफ्नो ठाँउबाट सचेत भएर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । देशको स्वधिनताको लागी सबैले बोल्नुपर्ने समय आएको बताउनुभयो । सो बैठकमा आफ्नो भनाइ राख्नु हुँदै केन्द्रिय सचिव बिप्लब घोषले केही तत्वहरुले मुलुकलाई गम्भिर दुर्घटना तर्फ धकेल्ने प्रयास गरिरहेकोले त्यसलाई महासंघले टुलु–टुलु हेरेर नबस्ने चेतावनी दिनुभयो ।

बैठकको अन्त्यमा अध्यक्ष बस्नेतले सामाजिक सदभावका लागी मोटरसाइकल र्यालीको अनुमती माग्दा समेत मोरङ्ग जिल्ला प्रशाशनले अनुमती नदिनु दुखद रहेको बताउनुभयो ।

कोशी प्रदेश खेलकुद विकास समिती सदस्य सचिब समेत रहनु भएका बस्नेतको चार बर्षे कार्यकाल सकिएकोले अब खेलकुद गतिबिधीमा संल्गन भएका ब्याक्तीहरु नै यँहा आएर खेलकुद बिकासका लागी अघि बढेर आउनुपर्ने धारणा राख्नु भएको थियो ।
