जयकृष्ण यादव । इनरुवा
इनरुवा,असोज ३० गते । सुनसरीको इनरुवामा हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा सात दिवशीय प्राथमिक शिक्षा वर्गको विहीबार समापन भएको छ । वर्गको एक समारोहका बिच भगवती मावि इनरुवा–१ मा समापन गरिएको हो । प्राथमिक शिक्षा वर्गको लागि जिल्लाभरीका १७० युवाहरुले सहभागीता जनाएका छन् । जिल्लाका युवाहरूका लागि राष्ट्र निर्माणमा शारीरिक, मानसिक र बौद्धिक रुपले सबल र सक्षम निःस्वार्थ भावले ओतप्रोत व्यक्ति निर्माणको लागि ७ दिवसिय आवासीय साधना, प्राथमिक शिक्षा वर्ग सम्पन्न भएको जनाएको छ । यहाँका युवाहरूलाई सेवा, संस्कार र संगठन गर्न सिकाएका छन् । युवाहरुलाई राष्ट्रप्रेम, शारिरिक अभ्यास, अनुशासन र समाज सेवा सहितको बारेमा प्रशिक्षण सहित शिक्षा वर्ग सम्पन्न गरेको आयोजक सन्तकुमार मेहताले जानकारी दिनुभयो ।
हिन्दू स्वयंसेवक संघ नेपालका संघचालक कल्याण तिम्सिना, वर्गाधिकारी दिलिप साह, राजकुमार मेहता, इनरुवा नगरपालिकाका पुर्व प्रमुख गोपाल कोइराला सहितको उपस्थितिमा उद्घान भएको सात दिवशीय प्राथमिक शिक्षा वर्गको पूर्व कृषि राज्य मन्त्री लक्ष्मण प्रसाद मेहता र जिल्ला समन्वय समिति प्रमुख राजन मेहताले समापन गर्नुभएको छ । समापन समारोहमा विषेश अथिति जिल्ला समन्वय समिति सुनसरीको प्रमुख राजन मेहताले देशको विकास र समृद्धिका लागि सबैले गौरवमय धर्म हिन्दू भएकोले गौरवका साथ हिन्दू भन्न आहवान गर्नुभयो । उहाँले अरुलाई सम्मान गर्न तालिम सार्थक भएको बताउनुभयो । मेहताले सहभागी युवाहरूले सबै ठाउँमा नेतृत्व लिनुपर्नेमा जोड दिनुभयो ।
समापन समारोहमा संघका मनोजकुमार यादव, प्रेम थुलुगं, इश्बर पण्डित, आकाश, राजेश मेहता, अनिल यादव, श्रवण यादव,इनरुवा प्याब्सन अध्यक्ष रमेश गुरागाँई, पुर्व प्रधानाध्यापक गंगाराम मण्डल सहितको उपस्थिति रहेको थियो ।

हिन्दू स्वयंसेवक संघ नेपाल संघचालक कल्याण तिम्सिनाले राष्ट्र, राष्ट्रिय स्वभिमान र आत्म सम्मानको लागि संगठन गर्न आवश्यक रहेको बताउनु भयो । नागरिक सबै सामाजिक उत्तर दायित्व भएर धर्म गर्नुपर्ने बताउनुभयो । देशका सबैलाइ जोड्ने काम हिन्दू स्वयम सेवकले गर्ने भएकोले तालिम सार्थक हुने बताउनुभयो। आदर्श नागरिक बनाउन तालिम सार्थक हुने बताउनु हुदै आफ्नो धर्म व्यक्तिगत नभइ सामुहिक रुपमा मनाउनु पर्ने बताउनुभयो ।


उहाँले भन्नु भयो, “संबिधानले लेख्दैमा धर्म निरपेक्ष हुन सक्दैन। सबैले हिन्दू मान्ने भएपछि संबिधानले लेख्दैमा हिन्दू राष्ट्र मास्न सक्दैन। धर्म निरपेक्ष हुन सक्दैन।” पुर्व एआइजी समेत रहनुभएको तिम्सिनाले राष्ट्रलाइ धर्म निरपेक्ष बनाएपनि हिन्दूहरू त्यसलाई नमान्ने बताउनुभयो ।