बलात्कार आरोपित १८ वर्षपछि गिरफतार
सुनसरी
२०७९, भदौ ७ गते । सुनसरीमा १४ वर्षिया बालिकालाई सामुहिक बलत्कार गरी फरार रहेका प्रतिवादी मध्ये एक पुरुषलाई १८ बर्ष पछी भदौ ५ गते गिरफतार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार ईनरुवा नगरपालिका वडा नं.२ स्थित १४ वर्षिया बालिकालाई आफ्नै घरमा ४÷५ जनाको समूहमा आएका बराहक्षेत्र ५ का ४२ वर्षिय सुरज बिश्वकर्मा समेतका मानिसहरुले सुतिरहेको अवस्थामा २०६१ मंसिर २३ गते बलात्कार गरेको आरोपमा विकलाई १८ वर्षपछि गिरफतार गरिएको हो । प्रहरी नायव उपरीक्षक डिएसपी राजकुमार राईका अनुसार सर्बोच्च अदालतबाट प्रतिवादी सुरज बिश्वकर्माको ९ बर्ष ५ महिना १९ दिन कैद भुक्तान गर्नुपर्ने बाँकी रहेको हुँदा गिरफतार गरिएको हो । पीडक विकले रातीको समयमा बुवा–आमालाई हातखुट्टा तथा मूखमा पट्टी बाँधी बालिकालाई जबरजस्ती सामुहिक बलत्कार गरी अचेत अवस्थामा छाडी फरार भएकोमा जिल्ला हुदै सर्वोच्चसम्म मुद्धा पुगेको र फैसला कार्यान्वयनको क्रममा गिरफतारमा परेको हो । बराहक्षेत्र नगरपालिका वडा नं. ५ भरौलबाट फरारी भनिएका ४२ वर्षिय सुरज विश्वाकर्मालाई गिरफतार गरेको जनाएको छ । प्रतिवादी विश्वकर्मा लुकिछिपी बसेको अवस्थामा सुनसरी प्रहरीको फरार पक्राउ गर्ने अभियान अन्तर्गत भदौं गते बराहक्षेत्र न.पा.वडा नं. ५ भरौलबाट पक्राउ गरिएको राईले जानकारी दिनुभयो ।
विकलाई कैद भुक्तानको लागी झुम्का कारागार पठाईएको छ । यसैबीच चालु आ.ब.२०७९÷०८० मा एक महिनाको अवधीमा ६७ जना फरार प्रतिवादी पक्राउ गरी कानुनी दायरामा ल्याईएको राईले बताउनुभयो । यसबीचमा २२ बर्ष २६ दिन कैद तथा चार लाख ११ हजार ६८३ रुपियाँ जरिवाना समेत असुल उपर गर्न सफल भएको राईले बताउनुभयो ।

