अनिवार्य अवकासप्राप्त भएपछि साहको बिदाइ
सुनसरीको देवानगन्ज गाँउपालिकाको कृषि अधिकृत इन्द्रनारायण साहको अनिवार्य अवकासप्राप्त भएपछि बिदाइ गरिएको छ।

देवानगन्जा गाउँपालिका उपाध्यक्ष कुमारी बिभा यादवको अध्यक्षतामा बिदाइ समारोहमा कदरपत्र, टिकामाला र दोसल्लाले साहलाई बिदाइ गरिएको हो।
यस पालिकामा कार्यरत रहदा इमान्दारी पूर्वक काम गर्नुभएको साहलाइ सम्मान कदरपत्र सहित
बिदाइ गरिएको प्रमुख प्रसाशकिय अधिकृत सुधिर साफीले जानकारी दिनु भएकोछ।


कार्यक्रममा संबिधानसभा सदस्य मुंगालाल मेहता,कोशी प्रदेश सभा सदस्य रामप्रसाद मेहता, देवानगन्ज गाँउपालिका २ नम्बर वडा अध्यक्ष जग नारायण मेहता, ६ का वडा अध्यक्ष हरिनन्दन मेहता, कृषिका जानकार केदार पोखरेल सहितको उपस्थिति रहेको थियो। सबैले माला खादा, अबिरले साहलाइ बिदाइ गरिएको छ।
