सिनुवारीमा कुस्ती प्रतियोगिता सुरु
सुनसरीको देवानगञ्ज गाउँपालिका –७ राजगञ्ज सिनुवारीमा कुस्ती प्रतियोगिता सुरु भएको छ। कार्तिक कुम्बर मेला व्यवस्थापन समितिको आयोजनामा स्थानीय देवानञ्गज ७ सिनुबारीमा कुस्ती दङ्गल प्रतियोगिता सुरु भएको हो।

देवानञ्गज गाउँपालिकाका अध्यक्ष वेचन प्रसाद मेहता, देवानञ्गज गाउँपालिका ७ का वडा अध्यक्ष सुर्य नारायन यादवले उद्घाटन गर्नु भएसंगै कुस्ती प्रतियोगिता सुरु भएको हो। देवानञ्गजमा नेपाल र भारतीय कुस्ती खेलाडीको सहभागीतामा कुस्ती प्रतियोगिता सुरु भएको आयोजक बुध नारायण यादवले जानकारी दिनुभयो।
