जयकृष्ण यादव । इनरुवा
इनरुवा, मंसिर ६ गते । सुनसरीको सदरमुकाम इनरुवामा ‘सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रम’ को ४४ औं मासिक शृङ्खला सम्पन्न भएको छ । इनरुवाका साहित्यकार, कलाकार र पत्रकारको रचना, विचार र कला प्रस्तुत गर्ने थलोको रुपमा रहेको सो कार्यक्रम शनिबार सम्पन्न भएको हो । यहाँका साहित्यकारहरुले आ आफ्नो गीत, गजल, कविता र लघुनाटक बाचन तथा प्रस्तुत सहित ४४ औं शृङ्खला इनरुवा–४ को कबिर मण्ठमा सम्पन्न भएको छ ।

कार्यक्रममा इनरुवा नगर क्षेत्रसहित इटहरी उपमहानगरपालिका र बेलबारीका साहित्यकार तथा कलाकारहरुको उपस्थिति थियो । कार्यक्रममा कालकार तथा पत्रकार र साहित्यमा रुची राख्ने २५ बढी सरोकारवालाहरुको सहभागिता थियो । कार्यक्रममा साहित्यकार लीलानाथ सिलवाल, शशिप्रसाद बजगाई, कृष्णप्रसाद गौतम, डबरुबल्लभ भण्डारी, शिबनारायण पण्डित,राधा सुबेदी, कविराज घिमिरे, अर्जुन दाहान, दिपेश कुमार दास, संजिव दास, गोसाई दास, शिबनारायण पण्डित (सिंगल) युवराज दाहाल, विष्णु दाहाल, सुनिल यादव, सक्षम यादब, सुरेन्द्र कुमार साह, जय कृष्ण यादव, टंकप्रसाद भटेवाल, किरण मेहता, जुनू खतिवडा, गयक भोटन मेहता, प्रकाश मेहता र जोगेन्द्र साहू सहितकाले रचना बाचन गर्नुभयो ।
सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रम संस्थाका अध्यक्ष लिलानाथ सिलवालको अध्यक्षता र साहित्यकार कृष्णप्रसाद गौतमको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।


१, सुनसरीको सदरमुकाम इनरुवामा ‘सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रम’ को ४४ औं मासिक शृङ्खलामा सहभागी साहित्यकारहरु ।