इनरुवा, भदौ ११ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा साह सेवा समिति भोक्राहा नरसिंह गाउँ समितिको देस्रो अधिवेशन सम्पन्न भएको छ । साह सेवा समितिलाई जिल्लाभारी नै सकृय बताउने , जातिय हक अधिकार र राजनीतिक पहुँच स्थापित गर्ने उदेश्यका साथ गाउँ कार्यसमितिको संयोजनमा अधिवेशन गरेको छ ।


कार्यक्रमका प्रमुख अथिति महिचन साहले आफूहरुको जाती साह अर्थात तेली समाजको उत्थानका लागि एकजुट हुन आवश्यक रहेको बताउनुभयो । वहाँले सबै गाउँ र नगर समितिमा योग्य, दक्ष र अनुभवी व्यक्तिलाई अध्यक्षको जिम्मेवारी दिन सक्ने गरि गृहकार्य गर्न आग्रह गर्नुभयो । साह सेवा समितिमा उदाहरणीय काम गर्न सक्नेलाई नेतृत्वमा ल्याउन आवश्यक रहेको सहभागीहरुले बताएका थिए ।
कार्यक्रममा नेपाली काग्रेुसका जिल्ला सचिव विरेन्द्र कुमार साह, अधिवत्ता सन्जु साह, गढी गाउँपालिकाकी उपाध्यक्ष अनिता कुमारी साह, स्वास्थ्यकर्मी हिरा साह,फडिन्द्र साह, सुरेश साह, रोशन साह, खुश्वु कुमारी साह, श्याम प्रसाद साह, सुनिल कुमार साह लगायतको उपस्थिती रहेको थियो ।