सम्पूर्ण कृषि सहकारी संस्थाको चौथो सधारण सभा सम्पन्न
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ स्थित सम्पूर्ण कृषि सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार संस्थाको चाथौँ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष सत्यनारायण यादवको अध्यक्षता र कोशी प्रदेश सहकारी मन्त्री हाजी इसराईल मंसुरीको प्रमुख अतिथित्यतामा सम्पन्न भएको हो ।








सभामा प्रमुख अतिथि मंसुसरीले “सबैका लागि एक र एकका लागि सबै” भन्ने सहकारीको सिद्धान्त अनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कृषि सहकारी संस्था भएको कारण कृषि बचत र ऋणको सदुपयोग गरी आम्दानी बढाउनुका साथै संस्थालाई मजबुत बनाउन आग्रह गर्नुभयो । कतिपय संस्थामा लिएको ऋणको व्याज र सावाँको रकम बुझाउनु ऋणीहरूको जिम्मेवारी भएको बताउनुहुदै सहकारी संस्थाले सदस्यलाई सहज रूपमा सेवा उपलब्ध गराउँदै जीवनस्तर र आर्थिक वृद्धि गर्ने काम गर्दै आएको बताउनुभयो । सीप सिक्न, व्यवसायसँग जोडिन र उत्पादनशील कार्यमा लाग्नका लागि सहकारीले सहज रूपमा सेवा उपलब्ध गराउँदै आएकाले लाभ लिन आग्रह गर्नुभयो । उहाँले आफू उधोग, कृषि तथा सहकारी मन्त्री भएकोले सहकारीसंग स्वरोगर र उधोगसंग रोजगार जाडेर स्थानीयको जिवनस्तर उकास्न काम गर्ने बताउनुभयो ।
मंसुरीले सहकारीको सफलताका लागि सञ्चालन समितिको बुद्धि–विवेक, कर्मचारीको कर्मठता र शेयर सदस्यको इमानदारी अत्यावश्यक हुने धारणा व्यक्त गर्नुभयो । उहाँले सहकारीको माध्यमबाट साना तथा घरेलु उधोगसंग जोडेर आर्थिक उपार्जन गर्न आग्रह गर्नुभयो । कृषि सहकारीले आफ्नो अस्तित्व जोगाउन सहकारीको सेवा सुविधा उपलब्ध गराउँदै नियम र सिद्धान्तअनुसार सञ्चालन गर्नका लागि आवश्यक रहेको सुझाव दिनुभयो । सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत संस्थाका अध्यक्ष यादवले गनुहुदै वार्षिक गतिविधि सँगै आयव्यय प्रस्तुत गर्नुभयो । यस्तै सभामा यादवले कृषि सहकारी संस्था नाफामुखी नभई सेवामुखी संस्था रहेको बताउनुभयो । संस्थामा आबद्ध सदस्यहरूलाई सेवामुखी तरिकाले सहज रुपमा सेवाहरु उपलब्ध गराउँदै आईरहेको बताउँदै सदस्यहरूलाई कृषि मल, उत्पादन भएको दुध संकलन सर्वसुलभ बनाउने र सेयर सदस्यहरुको जीविकोपार्जन गर्न सहज बनाउन काम गर्न लागिपरेको बताउनुभयो । उहाँले आर्थिक रूपमा कमजोर भएका सदस्यहरूलाई रोजगारमुखि बनाउन साथै जीवनस्तर उकास्न सहज बनाउने उद्देश्यले ऋणमा लगायत सेवाहरु उपलब्ध गराउन पहल गर्ने बताउनुभयो । संस्थाले विशेष गरी महिलाहरुको जीवनस्तर उकास्न सहजीकरणको लागि सहकारीमा आबद्ध सदस्यहरूलाई सीपमूलक तालिम प्रदान गर्न पहल पर्ने, सदस्यहरूलाई कृषि तर्फ उन्मुख गराई अर्गानिक खेती तर्फ आकर्षित गराउने उद्देश्य लिएको बताउनुभयो ।
यस्तै संस्थाको आ व २०८१।०८२ को आयव्यय प्रगती प्रतिवेदन प्रस्तुत गर्दै २०७८ साल मा ७८ जना शेयर धनीहरु मिलेर स्थापना गरी संचालनमा ल्याएको यस सहकारी संस्थामा हाल ६४ जना शेयर सदस्यहरु रहेको बताईएको छ ।
यस कृषि सहकारीमा सदस्यहरूले विश्वास गरिएकोमा आभार प्रकट गर्दै यादवले कुनै आच नाउने कुनै हित विपरीत नजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै साधारण सभामा नै नवनियुक्त कोशी प्रदेश सरकारका उधोग, कृषि तथा सहकारी मन्त्री हाजी इसराईल मंसुरीलाई सम्मान गरेको थियो ।
सभामा शिक्षक तथा कुशवाहा समाजका मधुलाल मेहता, पत्रकार जयकृष्ण यादव, जागेश्वर यादव, कृषि सहकारी संघ सुनसरी उपाध्यक्ष राजेन्द्र प्रसाद मेहता, रामसरण साह, रामदेव खत्वे, रामदेव महेता, देवेन्द्र साह, रामप्रसाद मेहता, देव किसुन यादव लगायतले सहकारीको सफलताको शुभकामना दिनुभयो ।
संस्थाका सदस्य तथा समाजसेवी देवराम मधेसीले स्वागत् मन्तव्य सँगै सञ्चालन गरिएको सभाको कार्यक्रम सञ्चालन जागेश्वर यादवले गर्नुभएको थियो ।



संस्थाको भावि कार्यक्रममा सेयर वृद्धि गर्ने, बचत गर्ने, ऋण लगानी गर्ने, कृषि मल विउँ सम्बन्धी काम गर्न सहकारी संस्थाबाट डिलर लिने, दुध संकलन केन्द्र स्थापना गर्ने, कृषिमा जोड दिने, तरकारी खेती गर्ने र भैसी पालक किसानको भैसीका लागि रागाँ र बाख्राका लागि बोका विउको पहल गर्ने रहेको जनाएको छ । संस्थाले २०८२÷२०८३ को लेखा परिक्षण वराहक्षेत्र–८ बस्ने अर्जुन कुमार थापाबाट लेखा परिक्षण गराउँने तथा उक्त लेखा परीक्षण गरेवापत आपसी सम्झदारी अर्जुन एण्ड कम्पनीलाई भुक्तानी गर्ने निणर्य गरेको छ ।
