जयकृष्ण यादव । इनरुवा
इनरुवा, माघ ७ गते । नेत्रहिन क्रिकेट संघ नेपालले देशभरका विभिन्न जिल्लामा भएको कार्यक्रम र प्रभावका आधारमा नेत्रहिन क्रिकेत संघ सुनसरीलाई नगद सहित पुरस्कृत गरेको छ । संघको केन्द्रिय समितिले सुनसरी संघलाई २० हजार रुपियाँ नगद सहित पुरस्कृत गरेको हो । संघका महासचिव हितराल अमृत बरालले कोशी नेत्रहीन क्रिकेट संघ, सुनसरीले कोशी प्रदेश अन्तर्गतका विभिन्न जिल्लाहरुमा छरिएर रहेका दृष्टिविहीन युवा तथा बालबालिकाहरुलाई क्रिकेट खेलमार्फत संगठित गर्दै उनीहरुमा निहित क्षमताको पहिचान. विकास तथा प्रवद्र्धन गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नु भएकाले सम्मान पत्र र नगन सहित पुरस्कृत गरेको जानकारी दिनुभयो ।
दृष्टिविहीन खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन गर्नुभएको अथक मेहेनत. प्रयास र महत्वपूर्ण योगदानको उच्च मूल्याङ्कन गर्दै. कोशी नेत्रहीन क्रिकेट संघ सुनसरीलाइ वर्ष २०८२ को उत्कृष्ट जिल्ला शाखा पुरस्कारद्वारा सम्मानित गरेको बरालले जानकारी दिनुभयो ।
सुनसरीको इनरुवामा एक कार्यक्रमका बीच संघ र पदाधिकारीहरुको आगामी दिनहरूको उज्ज्वल भविष्यको कामना सहित संघका जिल्ला अध्यक्ष बैजनाथ मेहतालाई पुरस्कार प्रदान गर्नुभएको जानकारी दिनुभयो ।

१, नेत्रहिन क्रिकेट संघका केन्द्रिय महासचिब अमृत बराल र अध्यक्ष पवन घिमिरेले नेत्रहिन क्रिकेट संघका सुनसरी जिल्ला अध्यक्ष बैजनाथ मेहतालाई पुरस्कार प्रदान गर्नुहुदै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा