विद्यार्थीहरूको बिच खेलकुद दिबस आयोजना
सुनसरीको इनरुवा नगरपालिका -५ बलाहा स्थित सूर्य किरण एकेडेमीले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत विद्यार्थीहरूको बिच खेल दिबस आयोजना गरिएको छ।

माघ २० गतेदेखि जारी खेलकुद प्रतियोताको शुक्रबार समापन गरिने जनाएको छ । कार्यक्रममा विभिन्न खेलकुद प्रतियोगिताका विजयीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रिन्सिपल मनोजकुमार यादवले खेलकुदको महत्वमाथि प्रकाश पार्दै विद्यार्थीहरूलाई अध्ययनका साथै खेलकुदमा पनि सक्रिय हुन प्रेरित गर्नु भएको छ।

कार्यक्रममा शिक्षक पबित्र यादवले शिक्षाले व्यक्तिलाई आत्मनिर्भर बनाउनुका साथै देशको विकासमा पनि महत्वपूर्ण योगदान गर्ने गर्छ भने खेलकुदले उनीहरूको शारीरिक र मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो। खेलमा कबर्डी, म्युजिकल चेयर, तिन खुट्टाले दौडने दौड, सियो धागो, घैला फोड, स्लो साइकल रेस , बनाना रेस, क्लमफाइट, चकलेट रेस, लगायतका खेलहरू समावेश थिए। विभिन्न खेलमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने भएको छ।

कार्यक्रममा बालबालिका र विधार्थीहरूको उत्साह जनक सहभागिता रहेको थियो।
