सिचाई, शिक्षा, स्वास्थ्य र सडक सुनसरीको उम्मेदबारको एजेण्डा बन्नुपर्ने सुझाव
कृषि क्षेत्रमा लागेका किसानलाई सहज सिचाईका लागि नहरमा पानी, बालबालिकाहरुलाई सर्वसुलभ, शिक्षा, प्रत्येक नागरिकलाई स्वास्थ्य उपचारको ग्यारेण्डी र सडक यातायात आवतजावन गर्न सक्ने सडकको व्यवस्था गर्ने ठोस योजना र प्रतिवद्धता सहितको सवाल सुनसरीको उम्मेदबारको एजेण्डा बन्नुपर्ने मतदाताहरुले सुझाव दिएका छन् ।
सिचाई र कृषि ः
जिल्लामा ८० हजार हेक्टर क्षेत्रफल मध्ये ६० हजार हेक्टरक्षेत्रफल जग्गा खेती योग्य रहेकोमा सिचाईको अभावले किसानलो खेत बाझो राख्न बाध्य भएकाले सिचाई आवश्यक रहेको मतदाताहरुले बताएका छन् । देशकै ठूलो नदि सप्तकोशी रहेको सुनसरीकै अधिकाशं ठाउँमा सिचाई अभाव रहेकाले दुखद पक्ष देखिएको भन्दै मतदाताहरुले यो एजेण्डा भएका उम्मेदबारलाई मतदान गर्ने इनरुवा नगरपालिका १० का सम्झना पोदारले बताउनुभयो । उहाँले कोशी नदि भएको, पानी पनि र नहर पनि भएको तर किसानको खेतमा पानी नआएको अवस्थालाई व्यवस्थि तगर्न सक्ने सम्भावना भएपनि कसैले चासो नदिएकाले सिचाई एजेण्डा भएका उम्मेदबारलाई मतदान गर्ने बताउनुभयो ।
कृषि मलको आपुर्ती सहज बनाउने र अनाजको उचित मूल्य निधारण गर्ने तथा किसान र कृषिमैत्री उम्मेदबारलाई मतदान गर्ने हरिनगर ३ गौतमपुरका शिवशंकर मेहताले बताउनुभयो ।
सडक र शिक्षा ः
सुनसरीको उतरी क्षेत्र चारकोषे जंगल इटहरीको सिमानदेखी दक्षिणमा भारतीय सिमावर्ती देवानगञ्जसम्म फैलिएको एक उपमहानगरपालिका इटहरीको १० वटा वडा, दुई नगरपलिका रामधुनीको ६ वटा वडा र इनरुवाको ६ वटा वडा, दुई गाउँपालिका हरिनगरको एउटा वडा र देवानगञ्ज गाउँपालिकाका सात वटा वडा गरि ३० वटा वडा रहेको छ । मुख्य राममार्ग र इटहरी, रामधुनी र इनरुवाको मुख्य सडक कालोपत्रे भएपनि भित्रि सडक निर्माण नभएको, शिक्षा, स्वास्थ्य, खानेपानी, संचार र यातायातको पहुच अभाव रहेकोले यी सामान्य आधारभुत कुराहरु पुरा गर्ने आधार सहितका उम्मेदबारलाई मतदान गर्ने मतदाताहरुले बताएका छन् । सदरमुकाम इनरुवादेखी भारतीय सिमावर्ती देवानगञ्ज कौवाखोचसम्म झण्डै २३ किलो मिटर सडक २०५४ सालदेखी स्थानीय र संघीय निर्वाचनमा उम्मेदबारको घोषणा पत्र र भाषणमा प्राथमिक्तामा पर्दा समेत व्यवहारमा काम नहुदाँ अहिलेपनि यो सडक निर्माण गर्नेलाई मतदान गर्ने केही मतदाताको भनाई छ । सदरमुकामदेखी सीमासम्म फैलिएको लाखौ नागरिकको इनरुवासंग जोड्ने मार्ग इनरुवा कौवाखोच सडक निर्माणको मुद्धा सम्बोधन गर्ने उम्मेदबारको पखाईमा आफूहरु रहेको इनरुवा ९ बबियाका स्थानीय फुलचन्द मेहताले बताउनुभयो । सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने इनरुवा कौवाखोच सडक निर्माणको मुद्धा सम्बोधन गर्ने उम्मेदबारको पखाईमा आफूहरु रहेको इनरुवा ९ बबियाका स्थानीय गुलाबचन्द मेहताले बताउनुभयो । यस क्षेत्रमा जनताको आवश्यकता र नेताको समस्याको रुपमा रहेको इनरुवा कौवाखोच सडक निर्माण गर्ने बाचा गरेको तीन वटा स्थानीय चुनाव र पाँच वटा संघीय तथा दुई वटा प्रदेशको निर्वाचन सम्पन्न हुदाँ समेत यो सडक निर्माण सम्पन्न नभएको इनरुवा १० जल्पापुरका सदिक मियाँले गुनासो गर्नुभयो । आफुहरुको एउटा सडक, शिक्षा र स्वास्थ्यको मुद्धा सम्बोधन गर्न तीन दशकमा पनि सार्थक नभएकाले यो सवाल सुन्ने उम्मेदबारको पखाईमा रहेको मियाँले बताउनुभयो । वडापिच्चछे विद्यालय भएपनि पढाई नभएको अवस्था, स्वास्थ्य चौकी भएपनि सेवा नपाएको अवस्था र बाटोमा मर्मत नहुदाँ सुख्खामा धुलो र वर्खामा हिलोको सामना गर्नुपरेको अर्का स्थानीय मतदाता ऐयुव मियाँले गुनासो गर्नुभयो । मियाँले यो कुरा बुझ्ने, सुन्ने र सम्बोधन गर्ने उम्मेदबारलाई मतदान गर्ने बताउनुभयो । विद्यालयमा अनुगमन, दलीय शिक्षक विहिन, शिक्षकले आफु पढाउने सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी पढाउने, आमनागरिकका बालबालिकाहरु सबै सबै विद्यालयमा पढ्ने अवसर पाउने र त्यसको फि सरकारले तिर्नुपर्ने व्यवस्था गर्ने घोषणा पत्र भएको उम्मेदबारलाई मतदान गर्ने देवानगञ्ज गाउँपालिका ७ राजगञ्ज सिनुवारीका फुर्तीकलाल यादवले बताउनुभयो ।
सार्वजनिक सडक र एलानी जग्गा सरक्षण ः
साविकको सार्वजनिक सडक र बाटोहरु अतिक्रमणको चपेटामा परेकाले त्यसको नक्सा अनुसारको एकिन गर्न र खाली गराउन अर्थात अतिक्रमण हटाउन सक्ने, एलानी पर्ती जग्गाहरु खेजी गरेर सरक्षण गर्न सक्ने पार्टी र उम्मेदबारलाई मतदान गर्ने केही मतदाताले प्रतिकृया दिएका छन् । देवानगञ्ज ६ का अर्जुन मेहताले नक्सामा ४० देखी ६० फीटको बाटो फिल्डमा २० फिठ पनि नभएकाले त्यसको नीतिगत व्यवस्था गरि सडकलाई सकडकै
रुपमा स्थापित गर्न सक्ने उम्मेदबारलाई मतदान गर्ने बताउनुभयो ।
चुनावी एजेण्डा स्वास्थ्य ः आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदबार र राजनीतिक दलहरूले तयार पार्ने चुनावी घोषणापत्रमा निशुल्क स्वास्थ्य सेवा, स्वास्थ्य बिमा, स्वदेशमै गुणस्तरिया उपचार, यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाई प्राथमिकतामा राख्न मतदाताहरुले सुझाव दिएका छन् । महिला,बालबालिका, किशोरी तथा समग्र नागरिकको स्वास्थ्य उपचार, यौन तथा प्रजनन स्वास्थ्य अधिकार संविधान अनुसार व्यवहारमा सुनिश्चित गर्नेलाई मतदान गर्नेमा जोड दिएका छन् ।
सम्पूर्ण प्रजनन स्वास्थ्य सेवाहरूलाई सुनिश्चित, पहुँचयोग्य, सर्वसुलभ र गुणस्तरीय बनाउने नीति घोषणापत्रमा समावेश गर्नुपर्ने, सेवा शहर–केन्द्रित नभई ग्रामीण तथा दुर्गम क्षेत्रसम्म विस्तार, प्रसूति सेवा र सुरक्षित मातृत्व सेवा स्थानीय तहसम्म सर्वसुलभ र गुणस्तरीय बनाउने विषयलाई पनि घोषणापत्रमा प्राथमिकताका साथ राख्न मतदाताहरुले आग्रह गरेका छन् । सुरक्षित मातृत्व सेवा विस्तारले मातृ मृत्युदर घटाउन र महिला स्वास्थ्यमा दीर्घकालीन सुधार ल्याउन सहयोग पुग्नेछ ।
शान्ती सुरक्षा ः
मुद्धा हेर्ने र शान्ती सुरक्षामा जनतासंग प्रत्यक्ष सम्र्पकमा रहेको नेपाल प्रहरीको लेनदेनको प्रवृति र नेतामुखी भनसुनले गरिब, विपन्न तथा सीमान्तकृत समुदायले शान्ती सुरक्षाको अनुभुती गर्न नसकेकाले नीति र विधिको साशन अनि समान पहुच शान्ती सुरक्षामा हुन सक्ने साशन व्यवस्था ल्याउने र मान्नेलाई मतदान गर्ने केही मतदाताको प्रतिकृया रहेको छ । देवानगञ्जका ब्रहमदेव मेहताले जनजिविका मात्रै नभई शान्ती सुरक्षा समेत नेतामुखी भएकाले अन्याय साहेर बस्नुपरेको गुनासो व्यापक रहेकाले त्यसमा सुधार ल्याउन सक्ने उम्मेदबार र पार्टीलाई मतदान गर्ने बताउनुभयो । मेहताले प्रहरीको बर्दी र बन्दुकले सुरक्षा भन्दा अपराधीलाई संरक्षण गर्ने गरेको प्रवृति रहेकाले त्यसमा सुधारको ग्यारेण्टी गर्न सक्ने उम्मेदबारलाई मतदान गर्ने बताउनुभयो ।
