सुनसरीमा चुनावी सगर्मी बढेको छ । प्रमुख राजनितिक दलहरुमा उम्मेदबारहरुको आकक्षा बढेसगैं चुनावी सगर्मी बढेको हो । जिल्लामा रहेको चार संघीय वा प्रतिनिधि सभा सदस्य र आठ प्रदेश सभा सदस्यका लागि प्रमुख राजनितिक दलहरुमा प्रत्येक क्षेत्रबाट दर्जन बढी आकाक्षी उम्मेदबारहरुको दौडधुप देखिएकाले तुलनात्मक रुवमा यहाँ चुनावी सगर्मी बढेको छ । सत्ता गठबन्धन दलमा आव भएका पाँच रानीतिक दलबाट एउटा मात्रै उम्मेदबार हुने भएकाले उम्मेदबार संख्या कम हुने अवस्था छ भने अर्को तिर उम्मेदबार बन्न लामो समयदेखी योगदान गरेका तर टिकट नपाउने अवस्था आएको खण्डमा स्वतन्त्र वा बागी भएर उठ्नेको जोखिम पनि उतिकै छ ।
यसबीचमा नेपाली काग्रेंसले जनताको साथमा नेपाली काग्रेंस अभियान थालेको छ भने जनता समाजवादी पार्टी मौन जस्तो रहेको र नेकपा माओवादी केन्द्र पर्ख र हेरको अवस्थामा देखिन्छ भने नेकपा एस कम्जोर देखिएकाले उसको चहलपहल कम छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा पछि प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदबार बन्न आकक्षा राख्नेहरु बढेका छन् । यहाँ विगत दुई दशकको राजनीतिकमा होमिएकाहरुदेखी नयाँ पुस्तासम्म जनताको साथमा आफ्नो अवस्था र पार्टीको अवस्थाको बारेमा बुझ्न गाउँपसेसगैं चुनावी सगर्मी थप बढेको स्थानीयहरुले बताएका छन ।
यसैबीच नेकपा एमालेबाट सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को (ख) क्षेत्रमा युवा नेता वसिम अख्खतरलाई उम्मेदबार बनाउनुपर्ने पार्टी र युवा वृतमा दबाब बढेको छ । वसिम २०६१ सालयता विधार्थी राजनीतिकदेखी युवा हुदै अहिले पार्टीमा राम्रो पकड बनाएकाले एमालेबाट सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को (ख) क्षेत्रमा उहाँलाई उम्मेदबार बनाउनुपर्ने पार्टी र युवा वृतमा दबाब बढेको हो ।
वसिमले सबैलाई समान रुपमा व्यवहार गर्ने राजनीतिककर्मीमा हुनुपर्ने गुण भएको र युवाहरुको भावना बुझने तथा विकास प्रेमी युवा नेता भएकाले यसपालीको मंसिर ४ गते निर्वाचनमा एमालेबाट निर्वाचन क्षेत्र नम्बर ४ (ख) मा उम्मेदबार बनाउनुपर्ने दबाब बढाएको युवा आरके यादवले बताउनुभयो ।
एक युवाका अनुसार वसिम गाउँदेखी जिल्ला र केन्द्रमा समेत पहुच र पकड भएको नेता भएकाले उम्मेदबार बनाई जिताउनुपर्ने आवश्यक छ । एक युवा मोहोसिम आलमले फेसबुकमा लेख्दै भनेका छन् “कस्को अस्तित्व र कस्को नेतृत्व जनतालाई चाहियो सही नेतृत्व बिश्वास कति गर्नु अरुमाथि विश्वास कहिलेसम्म आफनै घरमा डाक्टर हुँदाहुंदै अरूको घरका डाक्टर किन् चाहियो ? । आफनै घरको शिक्षित युवालाई वैदेशिक रोजगारमा जान बाध्य बनायो वरिष्ट नेताहरुले जनतालाई मूर्ख बनाइयो । र अरूको घरको यूवालाई हामी माथी शासन गर्ने पनि बनाइयो । नाम पनि कमायो अरू क्षेत्रको मान्छेलाई विश्वास गरेर मन्त्री पनि बनायो, हाम्रो नाममा आएको सेवा सुविधा फेरी आफ्नै जन्म थलो पठाइयो कस्तो राजनीतिक । ( एजेन्टलाई राम्रोसंग मूर्ख पनि बनाइयो भन्नु पर्दा एजेन्ट मूर्ख भएन एजेन्टले राम्रो आम्दानी पनि कमाइयो गरिब जनता सेवा सुविधा बिना वञ्चित पनी भयो अनि पानि होस् र जोस आएन जनतामा ) विगत लामो समय देखि क्रियाशील राजनीतिमा लागेका युवा,शिक्षित, समाज सेवा नेता हुन् वसिम अख्तर, उहाँको राजनीतिकको कुरो गर्दा विद्यार्थीकाल देखि नैं राजनीतिकमा सक्रिय भएर लागिरहेको देखिन्छ ।
वसिम अख्तर अहिले नेकपा एमालेमा सक्रिय रुपमा लागिसकेको छ अख्तरले अहिले प्रदेश सांसदको रुपमा उम्मेदवारी दावी गर्नु भएको छ । तपाईहरुको प्रतिक्रिया के छ अब युवा पिडीको नेतुत्व । अख्तरलाई मेरो तर्फबाट हार्दिक शुभकामना छ । यस्तै आगाडी सधै बडी रहनुस् ।”
एमालेमा अर्का आकाक्षीका रुपमा अहिलेसम्म नदेखिएको समेत पार्टी स्रोतको दावी छ ।