प्याब्सनको दोस्रो जिल्ला स्तरीय कवडीको तयारी
इनरुवा, फागुन ६ गते । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा दोस्रो जिल्ला स्तरीय कवडीको तयारी भएको छ । जिल्लाका ७ वटा छात्र समूह र ६ वटा छात्रा समूहको बीचमा जिल्ला स्तरीय कवडीको तयारी भएको हो ।

प्रजातन्त्र दिवशको अवसरमा प्याब्सनले इनरुवा नगरपालिकामा निजी विधालयको प्लस टु तर्फको प्रतियोगिहरुको सहभागितामा दोस्रो जिल्ला स्तरीय कवडीको तयारी भएको हो ।

प्याब्सन जिल्लाको आयोजनामा दोस्रो प्याब्सन प्लस टु कबडीको तयारी भएको कार्यक्रम संयोजक मनोज कुमार यादवले जानकारी दिनुभयो । कवडी इनरुवाको रंगशाला (जेलमैदान) मा हुने भएको हो ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालले बार्षिक रुपमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ ।
