प्याब्सनको दोस्रो जिल्ला स्तरीय कवडीको उद्घाटन
अनिल श्रेष्ठ । इनरुवा
इनरुवा, फागुन ७ गते । सुनसरीको इनरुवामा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को आयोजनामा दोस्रो जिल्ला स्तरीय कवडीको उद्घाटन भएको छ ।

जिल्लाका विभिन्न ७ वटा निजी प्लस टु विद्यालयका छात्र समूह र ६ वटा छात्रा समूहको बीचमा प्रतिस्प्रधा हुने गरी जिल्ला स्तरीय कवडीको उद्घाटन भएको हो । जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताले प्रजातन्त्र दिवशको अवसरमा प्याब्सनले इनरुवा नगरपालिकामा आयोजना गरेको जिल्ला स्तरीय कवडीको उद्घाटन गर्नुभएको छ ।

उहाँले जिल्ला स्तरीय कवडीको उद्घाटन गर्नुहुदै खेलकुदले विधार्थीहरुको बौधिकसगैंं शारिरिक र मानसिक तन्तुस्तीका लागि योगदान गर्ने भएकोले आयोजकलाई धन्यवाद दिनहुदै खेल सफलताको शुभकामना दिनुभयो । निजी विधालयको प्लस टु तर्फको प्रतियोगिहरुको सहभागितामा उद्घाटन भएको दोस्रो जिल्ला स्तरीय कवडीको रेफ्रीको भुमिकामा अन्तराष्टिय खेलाडी तथा प्रशिक्षक रेफ्री तरुण कुमार यादव सहित स्थानीय अनिल यादव, सकल देव यादव, जुगनु साह र खगेन्द्र गुप्ता सहितका रहनुभएको छ । प्याब्सन जिल्लाको आयोजनामा उद्घाटन भएको दोस्रो प्याब्सन प्लस टु कबडीको विजेता र उपविजेतालाई सिल्ट, ट्रफि र प्रमाण पत्र प्रदान गरिने कार्यक्रम संयोजक तथा सूर्य किरण एकेडेमीका प्रिन्सिपल मनोज कुमार यादवले जानकारी दिनुभयो ।

कवडी इनरुवाको रंगशाला (जेलमैदान) मा सुरु भएको हो । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालले बार्षिक रुपमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ ।
