इनरुवा, फागुन ९ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा भोट माग्दै हिडेको दुई वटा पार्टीका नेता कार्यकर्ताका बीचमा झडप भएको छ । घरदैलोको बेला नेपाली काग्रेंस र राष्टिय स्वतन्त्र पार्टीका उम्मेदबारका समर्थकहरु सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ मा जमकाभेट भएपछि एकले अर्कालाई होच्याउने नाराबाजी गरेकाले यी दुई पार्टीका नेता कार्यकर्ताका बीचमा झडप भएको हो ।

नेपाली काग्रेंसको तर्फबाट भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजम अख्तर आजादको नेतृत्वको नेपाली काग्रेंसका नेताकार्यकर्ताहरुले रास्वपाकालाई होच्याउने नाराबाजी गरेकाले जवाफमा रास्वपाका कार्यकर्ताहरुले समेत काग्रेंस विरुद्धमा नाराबाजी गरेपछि भनाभन भएको र यी दुई पार्टीका नेता कार्यकर्ताका बीचमा केही बेरपछि झडप भएको स्थानीय प्रत्यक्षदर्शी तजमुल हुसेनले जानकारी दिनुभयो । दुई पार्टीका नेता कार्यकर्ताका बीचमा भएको झडपमा परेर केही व्यक्ति घाईते भएका छन् । यसैबीच झडप भएको विषयमा अध्यक्ष अजमल अख्तर आजादलाई उहाँको ९८०४०१२२११ र ९८५२०८८३८० मा फोन सम्र्पक गर्दा स्विच अफ रहेको पाईयो ।