इटहरीमा रास्ट्रिय स्वतन्त्र पार्टिको ” हामी आयौं परिवर्तन उद्घोष सभा”
jajnews

सुनसरीको इटहरी १७ स्थित पकलीमा राष्ट्रिय स्वतन्त्र पार्टीको हजारौंको उपस्थितिमा प्रतिबद्धता पत्र सार्वजनिक र उद्घोष सभा सम्पन्न भएको छ। उक्त सभामा बालेनले परिवर्तन गर्न मत परिवर्तन गर्न आग्रह गर्नुभयो। उहाँले देशभित्र सम्भावना अनुसारकै उत्पादन बढाएर देशवासीलाई खुवाउने कोशी प्रदेश पर्यटक भित्र्याउन सम्भाव्य क्षेत्र रहेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का बरिष्ठ नेता बालेन्द्र शाह(बालेन)ले देशभित्र सम्भावनाअनुसारकै उत्पादन बढाएर देशवासीलाई खुवाउन चाहेको बताएका छन् । मंगलबार सुनसरीको इटहरीमा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै बालेनले यस्तो बताएका हुन् ।
‘चिया पिउनुभयो ? चिया कुन ठाउँको पिउनुभयो ? इलाम दमकको चिया,’ बालेनले प्रश्न गर्दै भने, ‘खाना खानुभयो ? बिहान खानाका तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको खानुभयो ।’
तेह्रथुम र पाँचथरमा उत्पादन भएको तरकारी इटहरीवासीले खान नपाएको उनले दाबी गरे । ‘हाम्रै पूर्वी पहाडको तरकारी यही मुनि झापा, सुनसरी विराटनगरमा खान पाइएको छैन । यो दुखको कुरा हो, यो दुखको समाधान गर्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी,’ बालेनले भने । पूर्वी तराईका तीनचार वटा जिल्लाको पूर्ण सम्भावनामा धान उत्पादन गर्नसके सिंगो देशभरी खुवाउन सकिने बताउँदै उनले रास्वपाले त्यही चाहेको उनले बताए । कोशी प्रदेशमा के छैन ? सबथोक छ,यहिँ भएको स्रोत र साधनको प्रयोग गर्दै यहि क्षेत्रलाई इन्डोनेशियाको बाली झै बनाउन सकिन्छ उनले भने ।
इटहरी सभालाई सम्बोधन गर्दै उनले केही समय अघि बराहक्षेत्र पुग्दा उदयपुरसमेत घुमेको हुँदा सम्भाव्य क्षेत्र भएकाे बताए । उनले यस क्षेत्रमा धर्तीको पहिलो तीर्थस्थल बराहक्षेत्र भएको हुँदा यसलाई संसारभर प्रचार गरेर पर्यटक भित्र्याउन सकिने बताए । साथै, धरानमा पानीको अभाव भएको कुरा सुनेको भन्दै नजिकै रहेको सप्तकोशीबाट लिफ्टिङ गरेर ५–६ अर्बको वजेटमा पानी ल्याउन सकिने बताए ।
कोशीका पूर्वी पहाडमा उब्जिएको तरकारी तराईमा नपुग्ने भन्दै आम किसानका दुःखका दिन रास्वपाले अन्त्य गर्ने बताए । साथै तराइका जिल्लामा फलेको धानले नेपाभरलाई पुग्ने तर्क गर्दै सिंचाईको उचित प्रबन्ध गर्ने काम रास्वपाले गर्ने प्रतिबद्धता जाहेर गरे ।
उनले नदी तटबन्धन लगायतका कामका लागि रास्वपा अग्रसर हुने स्पष्ट पारे । विराटनगरमा पहिलो उद्योग खुलेको स्मरण गर्दै अब रास्वपा सरकारमा गएपछि कुनै पनि फ्याक्ट्रि खोल्दा चन्दा दिनुनपर्ने बताए ।
देशका लागि खेल्ने खेलाडी झण्डै ६० प्रतिशत पूर्वबाटै जन्मिएको भन्दै यस भेगमा राम्रो स्टेडियम नभएको बताए । ‘राम्रो खेलाडी जन्मिन कम्तिमा १० हजार घण्टा खेलेको हुनुपर्छ । उनले भने ‘अब यही ठाउँमा स्टेडियम बनाउन सकिन्छ । आजको लगानी दशवर्षपछि देखिन्छ ।’ उनले अन्त्यमा आफूले लगाएको सिलाम साक्मा देखाउँदै भने ‘यो सिलाम साक्माले मृत्युबाट जोगाउने विश्वास छ । यो जस्तै रास्वपाले देशलाई जोगाएर राख्ने छ ।’

