काम र शालिनताले जनताको मन जित्दै भगबती चौधरी , स्थानीय भएकाले कुसियैतप्रति मतदाता आकर्षित
जयकृष्ण यादव । इनरुवा
फागुन १३ गते, इनरुवा । सुनसरीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ की एमाले उम्मेद्वार भगबती चौधरीले घरदैलोलाई तिब्र पार्नुभएको छ । चौधरीको शालिन अभिव्यक्ती, प्रचारशैली र बिकासप्रेमी छबीका कारण मतदाताआकर्षण बढेकाले घरदैलोलाई थप प्रभावकारी रुपमा अगाडि बढाउनुभएको छ । उम्मेदबार चौधरीले आफू गर्न नसक्ने झुठो आश्वासन नदिने, अरु उम्मेद्वारको आलोचना नगर्ने, भ्रष्ट्राचार नगर्ने तर शुसासनका लागि लडने प्रतिबद्धता जनाउनुभएकाले नागरिकको मन जित्दै अगाडि बढ्नुभएको छ । एमाले उम्मेद्वार चौधरीले अघिल्लो चुनाबबाट बिजयी भएपछि तीनबर्षमा तीन अर्व २१ करोड बजेट सुनिश्चित गरेर सुनसरी ३ मा बिकास योजना संचालन गरेको बताउनुहुदै केही अधुरा काम पुरा गर्न मतदान गर्न आग्रह गर्दै घरदैलोमा व्यस्त हुनुभएको छ । केहि योजना पुरा हुन बाँकी रहेकोले ती काम पूरा गर्ने जिम्मेबारी दिन जनता समक्ष चौधरीले आग्रह गर्नुभएको छ । उहाँले आफ्नो कार्यकालमा २७५ बिपन्न परिवारलाई घर बनाएर दिनुभएको छ । दुई बर्ष भित्र थप चार सय परिवारलाई घर बनाएर दिने योजना रहेको दावी गर्दै घरदैलोमा रहनुभएको छ । चौधरीले हालसम्म दुई हजार बढीलाई प्रत्यक्ष रोजगारी दिलाएको र ५० हजार बढी महिलालाई आत्मनिर्भर बनाएको बताउनुभयो । गत चुनाबमा नेपाली काँग्रेसका बिजय गच्छदारलाई ५ हजार १८८ मतान्तरले पराजीत गर्नुभएको चौधरी संसदमा जनताको समस्या र हीतमा धेरै आवाज उठाउने मध्ये एक हुनुहुन्छ ।
एता सुनसरी निर्वाचन क्षेत्र नं. ४ का एमालेका उम्मेदबार जगदीश प्रसाद कुशियैतले पनि आफ्नो क्षेत्रमा घरदैलो कार्यक्रम तीव्र रूपमा अगाडि बढाउनुभको छ । घरदैलो अभियान अन्तर्गत सुनसरीका विभिन्न वडा ताथा बस्तीहरूमा पुगेका उम्मेदवार कुशियैतलाई स्थानीयवासीले स्वागत गर्दै आफ्ना समस्या, आवश्यकता र विकाससम्बन्धी सुझाव राखिरहेका छन् । घरदैलो कार्यक्रममा किसान, युवा, महिला तथा ज्येष्ठ नागरिकको उल्लेख्य उपस्थिति रहेको र मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उहाँले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकतामा राखेर चुनावमा हामिएको बताउनुभएको छ । एमाले कार्यकर्ताहरूका अनुसार अभियानमा दिनप्रतिदिन एमालेप्रति जनलहर बढ्दै गएको छ ।
