जयकृष्ण यादव । इनरुवा
फागुन १३ गते, इनरुवा । सुनसरीको इनरुवमा रहेको सुनसरी मोरङ सिंचाइ आयोजना इनरुवा सव–डिभिजन कार्यालयमा स्थानीय किसानहरुले तालाबन्दी गरेका छन् । स्थानीय किसानका दजर्नौ प्रतिनिधिहरुले शंकरपुर शाखा नहरमा सिचाईका लागि पानीको माग गर्दै आन्दोलित किसानले नेपाल सरकारको उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालय जलश्रोत तथा सिंचाइ विभागको मातहतमा रहेको सुनसरी मोरङ सिंचाइ आयोजना इनरुवा सव–डिभिजन कार्यालयमा ध्यानार्कषण पत्र बुझाउँदै तालाबन्दी गरेको हो । बुधबार किसानहरुले समूहले इनरुवा दुहबी हुलाकी राजमार्ग सडक खण्डमा केही बेर नाराबाजी सहित अबरुद्ध गरेर कार्यालायमा तालाबन्दी गरेको पीडित किसान श्याम यादवले बताउनुभयो । हजारौ हेक्टरमा लगाएको मकैं, गहुँ र तरबारी बाली सिचाई अभावमा सुक्न लागेकाले शंकरपुर शाखा नहरमा प्रत्याप्त पानीको माग गर्दै इनरुवा नगरपालिकाका किसानहरु तालबान्दी गरेको यादवले जानकारी दिनुभयो । इनरुवा नगरपालिका ६ मधेसाका किसान सिंचाइ माग गर्दै आन्दोलित बनेको र सिचाईमा तलाबन्दी गरेको किसान देवनारायण यादवले बताउनुभयो । दुईदिन भित्र नहरमा पानी नआएको खण्डमा सिंचाइ घेराउ, सडक अवरुद्धदेखि सिडिओ कार्यालयमा धर्ना घेराउसम्मको कार्यक्रम गर्न बाध्य हुने अर्का किसान दिपक यादवले बताउनुभयो । किसनको चेतावनी सम्बोधन नभएको खण्डमा सडक जामसम्मको आन्दोलन गर्ने चेतावनी सहितको तीन बुदे माग र तीन दिने सर्घषको कार्यक्रम गर्ने ज्ञापन पत्र जिल्ला प्रसाशन कार्यालय सुनसरीमा बुझाएको किसान रामनारायण यादवले जानकारी दिनुभयो । नहरमा पानी नआएसम्म सुनसरी मोरङ सिंचाइ आयोजना इनरुवा सव–डिभिजन कार्यालयमा लगाएको तालाबन्दी नखोल्ने किसानहरुको अडान रहेको छ ।
यसैबीच किसानहरुको पीडा र माग सहितको ज्ञापन पत्र आएपछि सुनसरी मोरङ सिंचाइ आयोजना विराटनगरसंग समन्वय गरेर फागुन १८ गतेपछि नहरमा पानी ल्याउने कुरा भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले प्रतिकृया दिनुभयो ।


१, सुनसरी मोरङ सिंचाइ आयोजना इनरुवा सव–डिभिजन कार्यालयमा स्थानीय किसानहरुले तालाबन्दी गर्दै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा