सुनसरीमा मदिरा सेवन तथा विक्रि निषेध
जयकृष्ण यादव । इनरुवा
इनरुवा, फागुन १६ गते । सुनसरीमा प्रतिनिधि सभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर सार्वजनिक स्थलमा मदिरा सेवन तथा विक्रि वितरण निषेध गरिएको छ । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सुनसरीमा सार्वजनिक स्थलमा मदिरा सेवन तथा विक्रि वितरण निषेध गरिएको हो ।

समितिको निर्णय अनुसार शुक्रबारदेखि मतगणना सम्पन्न नभएसम्म यो प्रतिबन्ध लागु रहने छ । सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेका अनुसार सबै सरोकारवालाले यस निर्णयको पूर्ण पालना गर्नुपर्ने छ । सुनसरीमा सार्वजनिक स्थलमा मदिरा सेवन तथा विक्रि वितरण निषेध गरिएकोमा कसैले उसको विपरित गरे कानुनी कार्वाही हुन सक्ने प्रशासनले जनाएको छ ।
