सुनसरी सदरमुकाम इनरुवा ९ बबियाको सरस्वती माविमा विद्यालय व्यवस्थापन समितिका लागि निर्वाचन हुदैछ । निवार्चनको कार्यतालिका अनुसार उम्मेदबारहरुले चुनाव चिन्ह पाएका छन् भने मतदान भदौ १९ गते विहान ८ बजेदेखी दिउसो ४ बजेसम्म हुने विद्यालयले जनाएको छ । विद्यालयमा अभिभावकबाट छनौट हुनुपर्ने दुई महिला सहित चार जना सदस्यका १७ जनाले उम्मेदबारी दिएकाले विव्यस गठनका लागि निर्वाचन हुने भएको हो । विहीबार वितरण गरिएको निर्वाचन चिन्ह अनुसार ग्यासुदिन मंसुरीले टेबल, जयकृष्ण यादवले टेलीफोन, शिवनारायण मेहताले रेडियो, बलराम यादवले घडी, यदुनन्दन यादवले कल, लक्ष्मण यादवले चस्मा, रमेश यादवले खुल्ला किताव, हदिस आलमले पंखा र विनोद मेहताले कायो चुनाव चिन्ह पाउनुभएको छ । त्यसैगरी महिला सदस्यमा सोशिता यादवले घर, विन्दु कुमारी शर्माले कुर्सी, शोभोकुमारी शर्माले टोपी चुनाव चिन्ह सहित आठ महिलाहरु चुनावी मैदानमा रहेका छन् ।