सुनसरी
२०८२ , फागुन १७ गते । सुनसरीमा निर्वाचन बिरोधी गतिविधिमा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले गिरफ्तार गरेको छ । यही फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभा निर्वाचन केन्द्रित बिरोधी गतिविधिमा संलग्न रहेका तीन जानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर खड्काले जानकारी दिनुभयो ।

खड्काका अनुसार सुनसरीका विभिन्न स्थानहरुबाट जिल्ला प्रहरी कार्यालय सुनसरी र मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले तीन जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको छ । निर्वाचन बिरोधी गतिविधिमा संलग्न रहेका र पक्राउ पर्नेहरुमा ईलाम माङ्सेबुङ गाउँपालिका वडा नम्बर १ का ३८ वर्षीय प्रबिन मिश्रलाई (फागुन १३ गते), मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नंम्बर १० का ५१ वर्षीय सिताराम बुढाथोकी र भोजपुरको साल्पा सिलिसो गाउँपालिका वडा नं.१ का ४६ वर्षीय डिल्लिराम बोहोरालाई (फागुन १६ गते) रहनुभएको छ । निर्वाचन बिरोधी गतिविधिमा संलग्न रहेकाहरु माथि निर्वाचन कानुन र अन्य कानुन अनुसार अनुशंधान भईहरेको प्रहरीले जनाएको छ ।