सुनसरी
२०८२ , फागुन १७ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी सुनसरीमा तीन दिन भारतीय सिमा नाका बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले फागून २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी सिमा नाका बन्द गरिने भएको हो । निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाधलीरहित एवम् भयरहित वातावरणमा सम्पन्न गर्नका लागि भारतसंग सीमा जोडिएका सुनसरीको सम्पूर्ण सीमा नाकाहरु तीन दिनका लागि सिल गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेद्वारा हस्ताक्षरित सूचना अनुसार फागुन १८ गते राति १२ बजे देखि २१ गते राति १२ बजेसम्म भारतीय सिमा नाका बन्द गरिने जनाएको छ । निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, भयरहीत एवम् शान्तिपूर्णट बाताबरणमा सप्पन्न गर्न भारतसँगै सिमा जोडिएका जिल्लाको सम्पूर्ण सीमा नाकाहरु बन्द गरिने प्रजिअ घिमिरेको भनाइ छ ।