जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी टोलीले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गरी भारतीय प्रधानमन्त्रीको भिडियो सम्पादन गरी भ्रामक सामग्री अपलोड गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। फागुन १८ गते Ramchandra Thakur नामक फेसबुक ID मार्फत भिडियो पोस्ट गरेको आरोपमा इनरुवा–३ महेन्द्रचौक निवासी २७ वर्षीय रामचन्द्र ठाकुरलाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीले ठाकुरलाई प्रयोगमा रहेको मोबाइलसहित नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको सुनसरी प्रहरीले जनाएको छ।