निर्वाचनको माहोलका बीचमा पनि सुनसरीका विभिन्न स्थानीय तहमा हर्षोल्लासका साथ होली पर्व

जयकृष्ण यादव । इनरुवा
इनरुवा, फागुन १९ गते । फागुपूर्णिमाको अवसरमा निर्वाचनको माहोलका बीचमा पनि सुनसरीका विभिन्न स्थानीय तहमा हर्षोल्लासका साथ होली पर्व मनाइएको छ । जिल्लाको इटहरी उपमहानगरपालिका, बराहक्षेत्र, दुहबी, इनरुवा र रामधुनी नगरपालिका सहित हरिनगर, भोक्राहा नरसिंह, देवगञ्ज, बर्जु, कोशी गाउँपालिका लगायतका क्षेत्रमा होली विशेष कार्यक्रमहरू आयोजना गरि होली मनाइएको छ । ठूलो कार्यक्रमहरु नभएपनि मौलिक होरीका गित र रंग अबिर लगाएर शुभकामना साटासाट गरेर होली पर्व मनाइएको हो । इनरुवा २ मा स्थानीय युवाहरुले सांस्कृतिक कार्यक्रम, संगीत तथा नृत्य प्रस्तुत गरेर होली पर्व मनाइएको स्थानीय हेमन्त थापाले जानकारी दिनुभयो ।

निर्वाचन भएकाले होलीमा सुरक्षा सतर्कता र प्रहरीको निगरानी
यस वर्षको होलीमा कुनै अप्रिय घटना नहोस् भनेर जिल्ला प्रहरी कार्यालय सुनसरीले विशेष सुरक्षा योजना लागू गरेर जिल्लाका मुख्य स्थानहरूमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
