झुम्का कारागारमा ७७ जना कैदीबन्दीले गरे मतदान
जयकृष्ण यादव । इनरुवा
इनरुवा, फागुन २१ गते । सुनसरीको झुम्का कारागारमा रहनुभएका कैदीबन्दीले मतदान गर्नुभएको छ । झुम्का कारागारभित्र रहेको अस्थायी मतदान केन्द्रमा कैदीबन्दीले समानुपातिक तर्फ मतदान गरेका हुन् । कारागारभित्र रहेको केन्द्रमा कुल १४९ मतदाता रहेकोमा ७७ जनाले कारागार भित्रैको मतदान केन्द्रमा सहभागी थिए । कैदीबन्दीको सहजताका लागि कारागारभित्रै मतदान गर्ने व्यवस्था गरिएको जिल्ला निर्वाचन अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो । कारागारमा तीन जना सुरक्षाकर्मी र ७७ जना कैदीबन्दी गरि ८० जनाले मतदान गरेको पौडेलले जानकारी दिनुभयो ।
