सुनसरीमा ६४ प्रतिशत मतदान, मतपेटिका मतगणना स्थलमा
जयकृष्ण यादव। इनरुवा
इनरुवा, फागुन २१ गते। सुनसरीको चारबाट निर्वाचन क्षेत्रमा ६४ प्रतिशत मत खसेको छ। जिल्लामा कुल पाच लाख ८० हजार ९४५ मतदाता रहेकोमा तीन लाख ६९ हजार ६०० जनाले मतदान गरेका छन्। जिल्लामा खसेको मत प्रतिशत ६४ रहेको जिल्ला निर्वाचन कार्यालय सुनसरीका जिल्ला निर्वाचन अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनु भएको छ।



जिल्लाभर मतदान गर्नेमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी देखिएको छ। यहाँ महिला एक लाख ९५ जहर १८१ जना र पुरुष एक लाख ७४ हजार ४१९ जनाले मतदान गर्नु भएको छ।

सुनसरीको क्षेत्रगत आधारमा खसेको मतको विवरण अनुसार निर्वाचन क्षेत्र १ मा ५८ प्रतिसत, निर्वाचन क्षेत्र २ मा ६४ प्रतिसत, निर्वाचन क्षेत्र ३ मा ७१ प्रतिसत र निर्वाचन क्षेत्र ४ मा ६२ प्रतिसत मतदान भएको छ।

यसैबिच सबै मतदान केन्द्रमा रहेको मतपेटिका मतगणना स्थलमा ल्याएको जिल्ला निर्वाचन कार्यालय सुनसरीका प्रमुख कृष्ण प्रसाद पौडेलले जानकारी दिनु भयो।
