जयकृष्ण यादव । इनरुवा
इनरुवा, फागुन २५ गते । सुनसरी निर्वाचन क्षेत्र ३ मा प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको पनि मतगणना सकिएको छ । राष्टिय स्वतन्त्र पार्टीले सुनसरी ३ मा समानुपातिकतर्फ ४८ हजार ७२ सहित ५२ दशमलव ८५ प्रतिशत मत पाएको छ । यस क्षेत्रमा खसेको ९५ हजार ५०३ मत मध्ये चार हजार ५५१ बदर भएको छ । सदर मत मध्ये ४८ हजार ७२ सहित ५२ प्रतिशत मत पाएको छ ।
क्षेत्र ३ मा समानुपातिकको समेत मत गणना सकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । समानुपातिक तर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै छ । रास्वपाले ४८ हजार ७२, नेपाली कांग्रेसले १७ हजार ४०३, नेकपा एमालले १२ हजार ४५७, राष्ट्रिय निर्माण दलले दुई हजार ८६४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार ६८, नेपाली कम्युनिष्ट पार्टीले एक हजार ५४५ मत पाएको छ । अन्य तलहरु एक हजार भन्दा कम मत ल्याएको छ ।