सुनसरीको चारवटै क्षेत्रमा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न, समानुपातिकको गणना जारी
जयकृष्ण यादव । इनरुवा
इनरुवा, फागुन २५ गते । सुनसरीको चारवटै निर्वाचन क्षेत्रमा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न भएको छ । सबै क्षेत्रको मत परिणाम सार्वजनिक भएपछि आईतबार साझदेखी समानुपातिक तर्फको मत गणना जारी रहेको छ । सार्वजनिक भएको मत परिणाम अनुसार सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) विजयी हुनुभएको छ । राईले ३५ हजार ७ सय ४१ मत प्राप्त गर्नुभएको छ भने उहाँको निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार गोमा तामाङले २७ हजार २ सय ४९ मत प्राप्त गर्नुभयो । सुनसरी निर्वाचन क्षेत्र २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लालविक्रम थापाले झण्डै तेब्बर मतान्तरले बिजयी हुनुभएको छ । थापाले ५७ हजार ३४८ मत पाउनुभई बिजयी हुनुहुनेएको छ भने उहाँको निकटतम प्रतिस्प्रधी नेपाली काग्रेंसका राजिव कोईरालाले १६ हजार ७१ म्त पाउनुभएको छ । कोईरालाको भन्दा थापाले झण्डै ४१ हजार २७७ मत बढी पाउनुभयो ।
त्यसैगरी निर्वाचन क्षेत्र नम्बर ३ मा दुई जना पूर्वमन्त्रीलाई भारी मतले पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अशोककुमार चौधरी निर्वाचित हुनुभएको छ । चौधरीले ४७ हजार ४२१ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारले २० हजार ५०१ र एमालेकी भगवती चौधरीले १५ हजार ८३ मत प्राप्त गर्नुभएको छ ।
गच्छदारलाई २६ हजार ९२० मतान्तरले पराजित गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उता प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार दीपककुमार साह विजयी हुनुभएको छ । उहाँले ४२ हजार ७७१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत प्रकाश राउतले जानकारी दिनुभयो । उहाँका निकटनम प्रतिस्प्रधी नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले १६ हजार ५८७ मत प्राप्त गर्नुभयो । यस क्षेत्रमा विभिन्न राजनीतिक दलका १७ र स्वतन्त्रका १६ जनासहित ३३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । यस निर्वाचन क्षेत्रमा एक लाख ३७ हजार ३४० मतदातामध्ये ८५ हजार ५४६ मत खसेको थियो ।
यसैबीच समानुपातिकको मतगणना जारी रहेको र सबै ठाउँमा तिव्र गतीमा गणनाको काम अगाडि बढेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
तस्विरमा बिजयी उम्मेदबारहरु

१, हर्कराज राई

२, लाल विक्रम थापा

३, असोश कुमार चौधरी

४, ई दिपक कुमार साह
