, फागुन २८ गते । सुनसरी निर्वाचन क्षेत्र २ मा निर्वाचित प्रतिनिधि सभा सदस्य लाल विक्रम थापाले बढ्दो लागूऔषधको कारोबार र अवैध सञ्जाल नियन्त्रणका लागि प्रहरीको ध्यानाकर्षण गराउनुभएको छ । नव निर्वाचित सांसद थापाले विहीबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा पुगेर धन्यवाद र बधाई कार्यक्रम पछि प्रहरी प्रमुख प्रहरी उपरीक्षक केशव कुमार थेवेसँग छलफल गर्नुहुदै लागूऔषधको अवैध सञ्जाल नियन्त्रणका लागि ध्यानाकर्षण गराउनुभएको हो । थापाले सुनसरी जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिनुहुदै जिल्लाभित्र दिनानुदिन फैलिँदै गएको लागूऔषध दुरुपयोग, ओसरपसार र यसको अवैध सञ्जाल नियन्त्रणका विषयमा गम्भीर हुन ध्यानाकर्षण गराउनुभयो । सांसद थापाले नेपालको प्रचलित कानुन, विधि र राज्यका सुरक्षा संयन्त्रको गरिमालाई केन्द्रमा राखी लागूऔषध दुरुपयोग तथा तस्करीविरुद्ध प्रभावकारी स्टिङ अपरेसन लगायत कठोर नियन्त्रणात्मक कदमहरू अवलम्बन गर्न प्रहरी प्रशासनलाई अनुरोध गर्नुभयो । प्रहरी प्रमुख थेवेले आफूहरु लागूऔषधको ओसारपसार नियन्त्रणका लागि नियमित काम गर्दै आएको जानकारी सांसदलाई गराउनुभएको थियो ।


१, सुनसरी २ का नव निर्वाचित सांसद लाल विक्रम थापाले विहीबार जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशव कुमार थेवेसँग छलफल पछि तस्विरमा ।
तस्विर ः