जयकृष्ण यादव । इनरुवा
इनरुवा, फागुन २८ गते । सुनसरीको सीमवर्ती हरिनगर गाउँपालिकाबाट दुई सय सत्र किलोग्राम गाजाँ बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार हरिनगर गाउँपालिका वडा नंम्बर ३ स्थित भित्रि सडकखण्डमा गौतमपुरबाट हरिनगरातर्फ जादै गरेको प्र.१–०२–००४ ह ५६३९ नम्वरको सिटि सफारीमा दुई सय सत्र किलोग्राम गाजाँ बरामद भएको हो ।

प्रहरी चौकी भुटाहाबाट खटिएको प्रहरी गस्ति टोलीले रोक्न खोज्दा नरोकी भगाएकोले शंका लागि इलाका प्रहरी कार्यालय हरिनगरा, प्रहरी चौकी भुटाहा र अस्थायी प्रहरी चौकी गौतमपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले पछ्याउने वडा कार्यालय नजिकमा सिटि सफारी छाडी चालक फरार भएकोले उक्त सिटि सफारीमा रहेको गाजाँ बरामद भएको जनाएको छ । रातो त्रिपालले छोपेको अवस्थामा प्लाटिकको आठ वटा बोरामा लागु औषध गाँजा २१७ के.जि.फेला परेको प्रहरीले जनाएको छ । लागू औषध गाँजा र सिटि सफारी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भईरहेको साथै फरार चालकको खोजतलास गर्ने कार्य भईरहेको प्रहरी उपरीक्षक केशव कुमार थेवेले जानकारी दिनुभयो ।
एता सुनसरीको धरान उप–महानगरपालिका वडा नं.–१३ फुस्रेमा पनि ३० केजी गाजाँ बरामद भएको छ । संयुक्त प्रहरी टोलीले संखुवासभा सिलिचोङ गाउँपालिका वडा नंम्बर ४ का २० वर्षीय सन्दिप राईले बोकेको झोला चेकजाँच गर्दा झोला भित्र राखिएको अवस्थामा लागू औषध गाँजा ३० के.जी.फेला पारेको हो । उक्त लागू औषध गाँजा सहित राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरीले जनाएको छ ।

२, धरानबाट बरामद भएको गाजाँ


१, हरिनगरबाट बरामद भएको गाँजा र सिटि सफारी