इनरुवाका सिटी सफारी चालक महिला सम्मानित हुदै
सुनसरीको इनरुवा नगरपालिकाले अन्तराष्ट्रिय नारी दिवशको अवसरमा सिटि सफारी महिला चालकहरुलाई सम्मान गर्ने भएको छ । नगर क्षेत्रमा आफ्नो जिविकोपार्जन सहित बालबालिकाहरुलाई शिक्षा र घरको गर्जो टार्न सहासिक काम गर्दै आएका सिटि सफारी महिला चालकहरुलाई सम्मान गर्ने भएको हो । इनरुवाकी सिटी सफारी महिला चालकहरु अनिता भट्टराई, लिला चौधरी, कल्पना पोखरेल, पावर्ती भट्टराई मनिता मण्डल र कारो कुमारी साह र लोककुमारी दाहाललाई सम्मान गर्ने भएको छ । यस्तै कार्यक्रममा महिला अधिकारका विषयमा काम गर्ने संघसंस्थाका महिलाहरुलाई समेत सम्मान गर्ने इनरुवा नगर उपप्रमुख विनिताकुमारी मेहताले जानकारी दिनुभयो । उहाँले सभ्य र हिंसारहित समाज निर्माणमा सबैको महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुहुदै सिटि सफारी महिला चालकहरुलाई सम्मान गर्ने भएको जानकारी दिनुभयो । महिलामाथि हुने हिंसा विरुद्ध जनचेतना जगाउने र समस्याहरूको समाधानका लागि कानुनी आधार तय गर्न सचेतनाका कार्यक्रम समेत गरिएको बताउनुभयो ।
