जयकृष्ण यादव । इनरुवा
इनरुवा, फागुन २९ गते । सुनसरीबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरुका लागि राष्टिय स्वतन्त्र पार्टीले बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । तीन वटै क्षेत्रका निर्वाचित संसदहरुका लागि संयुक्त रुपमा बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको पार्टीका जिल्ला सभापती सागर दाहाले जानकारी दिनुभएको छ । शुक्रबार इनरुवा नगरपालिका ३ सखुवागाछी स्थित ओम साईपाटी प्यालेसमा निर्वाचित सांसदहरूको उपस्थितीमा बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । राष्टिय स्वतन्त्र पार्टीबाट निर्वाचित सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ का लालविक्रम थापा, ३ का असोक कुमार चौधरी र ४ का दिपककुमार साह सहितलाई मतदाताहरु र राष्टिय स्वतन्त्र पार्टीले बधाई तथा शुभकामना दिएको सभापती दाहालले जानकारी दिनुभयो । रास्वपा सुनसरी जिल्ला कार्य समितिको आयोजना भएको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्र नम्बर २, ३, ४ का प्रत्यक्ष उमेदवार भई निर्वाचित भएका र समानुपातिक उमेदवारलाइ बधाई तथा शुभकामना दिन शुभकामना आदानप्रदान गरेको थियो ।


१, सुनसरीबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरुका लागि राष्टिय स्वतन्त्र पार्टीले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा नवनिर्वाचित सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ का लालविक्रम थापा, ३ का असोक कुमार चौधरी र ४ का दिपककुमार साह सहितका संसदहरु ।