जयकृष्ण यादव । इनरुवा
सुनसरीका किसानहरु मकैं, गहुँ र तरकारी बालीलाई सिचाई गर्न समस्या भएको छ । देशको सबै भन्दा ठूलो नदी सप्तकोशी नदि भएको जिल्लाकै अधिकाशं ठाउँमा सिचाई गर्न समस्या भएको हो । सप्तकोशी नदीको पानी किसानका गरा गरामा पु¥याउने गरी सुनसरी–मोरङ सिँचाइ आयोजना सहित त्यसको शाखा र उपशाखा नहरहरु भएपनि नियमित पानी नदिदाँ किसानलाई सिचाई गर्न समस्या भएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका १ का किसान चुनचुन झाले आफूहरुको गाउँको खेतबाटै नहर गएको भएपनि पानी नआएकाले सिचाई गर्न समस्या भएको गुनासो गर्नुभयो ।
झाले भन्नुभयो, “सुनसरी–मोरङ सिँचाइ आयोजनाको सुकसेना (शिशुवा) शाखा नहरमा दुई महिनादेखी पानी आएको छैन्, यहाँ शाखा र उपशाखा नहर छ पानी छैन् । जसले गर्दा धेरै किसानलाई सिचाई गर्न समस्या भएको छ ।”
अर्का किसान तथा सामाजिक अभियन्ता बेलाल अंसारीले समेत नहरमा पानी नभएकाले किसानहरुलाई मकैं, गहुँ र तरकारी बालीमा सिचाई गर्न समस्या भएको गुनासो गर्नुभएको छ । अंसारीले भन्नुभयो, “ नेपालको सबै भन्दा ठूलो नदी सप्तकोशी नदीको पानी किसानको खेतबारीमा पु¥याउने गरी सन् १९७५ मा भारत सरकारले निर्माण गरिदिएको मुलुककै ठुलो आयोजना सुनसरी–मोरङ सिँचाइका अधिकांश संरचना जीर्ण भएको र कोशीबाट पानी प्रयाप्त ल्यान प्रयास नभएकाले यहाँ मकैं, गहुँ र तरकारी बालीमा सिचाई गर्न समस्या भएको छ । ”


भोक्राहा नरसिंह गाउँपालिका २ का किसान विन्देश्वर मेहताले आफूहरुको क्षेत्रमा अहिलेको जस्तो पानीको अभाव भयो भने खाद्यान्नको परनिर्भरता अझ बढ्ने चिन्ता व्यक्त गर्नुभयो ।
अर्का किसान मनिका मेहताले थोरै करेसाबारी र तरकारी बालीमा समेत सिचाई गर्न समस्या भएकाले नहरमा नियमित पानी दिनुपर्नेमा जोड दिनुभएको छ ।
उता जल उपभोक्ता समितिमा पूर्वा केन्द्रिय अध्यक्ष तथा कोशी प्रदेश सामाजिक विकास मन्त्री रामप्रसाद मेहताका झण्डै आधा शताब्दी पहिला निर्माण भएका नहरको संरचनाको आयु सकिएर जीर्ण हुँदा हरेक वर्ष सरकारले मर्मतसम्भार गर्दै मूल नहर र २१ वटा शाखा नहरबाट किसानलाई पानी वितरण गरिरहेको भएपछि कोशीमै पानी कम भएकाले समस्या भएको छ ।
सिँचाइ आयोजनाको तथ्यांक अनुसार सुनसरी र मोरङको ६८ हजार हेक्टरमा सिँचाइ सुविधा पु¥याएको छ । शंकरपुर शाखा नहर जनउपभोक्ता समितिका अध्यक्ष बलाराम मेहताले भन्नुभयो, “हिउँदमा कोशीमै पानीको अभाव भएको र मुहानमा पानी नै हुँदैन । कोशीको पानी पूर्वतर्फ नधकेलेसम्म मुहानमा पानी आउने अवस्था छैन । विगतमा जति पानी आउँथ्यो । त्यसैले प्रशस्त हुन्थ्यो । हाल आएर गहुँ र मकै खेती धेरै हुन थालेको छ । त्यसैले दीर्घकालीन सुधारको आवश्यकता भएको हो ।”
सन् १९७५ मा भारतले कोशी नदीको पूर्वपट्टि चतरामा प्रतिसेकेन्ड ४५.३ क्युमेक्स पानी फ्याल्ने साइड इन्टेक बनाएर ५३ किलोमिटर लामो मूल नहर, ११ वटा शाखा नहर र ३६ वटा माइनर नहर निर्माण गरी सरकारलाई हस्तान्तरण गरेको थियो । वि.स.२०३५ सालदेखि सरकारले विश्व बैङ्कको ऋण सहयोगमा चरणबद्ध रूपमा योजनाको विकास गर्दै अहिलेको अवस्थामा ल्याएको भएपनि नहरमा प्रयाप्त पानी नआएकाले समस्या भएको हो ।
हाल प्रतिसेकेन्ड ६० क्युमेक्स पानी बग्ने क्षमताको आयोजनाको मूल नहरका संरचना जीर्ण भएको र सप्तकोशी नदी एसियाकै बढी बालुवा फाल्ने दोस्रो नदी भएकाले पनि समस्या भएको आयोजनाको कथन छ । नदीमा पानीको सतह घट्ने व्रmम र नहर पुरिने व्रmम बढेकाले तत्काल सप्तकोशीमा ‘बेडबार’ (पानी छेक्ने साधारण बाँध) निर्माण गर्नुपर्ने आवश्यक भएको जलउपभोक्ता समितिका तपन दासको नभई छ ।

उहाँले भन्नुभयो, “हिउँदे बालीका लागि प्रतिसेकेन्ड न्यूनतम ३०।४० क्युमेस्क पानी आवश्यक पर्छ तर योजनाको मुहानमा प्रतिसेकेन्ड छदेखि ३ देही १० क्युमेस्क मात्र पानी उपलब्ध हुने गरेको छ । सप्तकोशीमा नयाँ पुल बनाउँदा पानी उदयपुर (पश्चिम) तर्फ ढल्क्यो । पूर्वतर्फको इन्टेकमा पानी नै छैन । अर्का जलउपभोक्ता सुकदेव मेहताले भन्नुभयो, “बेडबार लगाएर पानी नछेक्ने हो भने सुनसरी र मोरङको उत्पादन ६० प्रतिशतले घट्ने छ । खाद्य सुरक्षा र खाद्यान्न उत्पादन यही स्थितिमा राख्न पनि सरकारले आयोजनालाई महत्वका साथ हेर्नु पर्छ ।”


स्थानीय किसानहरुका अनुसार वार्षिक ५० करोड देखी एक अर्व रुपियाँँ मर्मत र संरचना निर्माणमा खर्च भइरहेको छ । चतरादेखी मोरगंसम्म ५३ किलोमिटर लामो मूल नहरमा आठ वटा सुपर प्यासेज, एक्वाडक्ट ३६ वटा, साइफन दुई वटा, कन्ट्रोल व्रmस रेगुलेर १६ वटा छन् । मूल नहरका अध्यक्ष तपन दासले भन्नुभयो, “पानी उदयपुरतर्फ ढल्केको छ । एकातर्फ सुनकोशी मरिन डाइर्भसन निर्माण भएपछि सप्तकोशीमा ६७ प्रतिशत पानी स्वतः घट्ने छ । बाँकी पानी पनि उदयपुरतर्फ गएपछि सुनसरी मोरङ सिँचाइ आयोजना बन्द गरिदिए हुन्छ ।”