पारसद्वारा कोशी प्राइड लिगको तयारी बारे जानकारी
इनरुवा, वैशाख २८ गते । नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले सुनसरीको भोक्राहा नरसिंह–४ मा हुन लागेको कोशी प्राइड लिगका लागि तयार भइरहेको खेल मैदान जानकारीसँगै निरिक्षण गर्नुभएको छ ।
निरीक्षणपछि उहाँले स्थानीय खेलप्रेमी युवा तथा बालबालिकासँग भेटघाटसहित अन्तरक्रिया गर्नुभएको थियो ।

खड्काले भोक्राहा नरसिंह गाउँपालिकामा जेठ ९ गतेदेखि सुरु हुन गइरहेको केपीएज सिजन–३ (कोशी प्राइड लिग)का लागि खेल मैदानको निरीक्षण गर्नुहुदै क्रिकेटलाई मोफसलमा फस्टाउनमा युवाको भुमिका रहेको बताउनुभयो ।
उहाँले अझै क्रिकेटको विकास र विस्तारका लागि स्थानीय क्रिकेट प्रेमीहरूसँग र खेलाडीहरुसंग अन्तरक्रिया समेत गर्नुभयो ।
