बराहक्षेत्रमा मेलमिलापकर्ताहरूका लागि पुनर्ताजगी तालिम
इनरुवा, जेठ १ गते । सुनसरीको बराहक्षेत्र नगरपालिकामा मेलमिलापकर्ताहरूका लागि पुनर्ताजगी तालिम सुरु भएको छ । हाम्रो साझा अभियान सुनसरीको आयोजना तथा प्राविधिक सहयोग र नगरपालिकाको सहयोगमा शुक्रबार तालिमको उद्घटान भएको हो । तालिम नगरपालिकाका उपप्रमुख नन्द कुमारी सुनुवारको अध्यक्षता उद्घाटन भएको सामाजिक शाखा प्रमुख अरुण कुमार मेहताले जानकारी दिनुभयो । तालिम उद्घाटन गर्नुहुँदै उपप्रमुख सुनुवारले यस प्रकारको तालिमले दक्ष मेलमिलापकर्ता उत्पादनमा सहयोग पुग्ने भन्दै आगामी दिनमा पनि तालिमलाई निरन्तरता दिइने बताउनुभयो । न्यायिक समितिका आएको उजुरीको निष्पक्ष भएर सुनुवाइ गरेको समेत सुनुवारले बताउनुभयो । उहाँले मेलमिलापकर्ताहरू वडाको विकासमा समेत सहयोग गर्ने भएकाले उनीहरूको पक्षमा काम गर्ने बताउनुभयो । नगरका २८ जना सहभागी भएको तालिममा प्रमुख प्रशिक्षकमा अधिवक्ता वीरेन्द्र बहादुर बस्नेत र इन्सेकका प्रतिनिधि तथा प्रशिक्षक मेलमिलापकर्ता जयकृष्ण यादव रहनुभएको छ ।

प्रशिक्षकहरूले सिकेका कुरा व्यवहारमा उतार्न सके मात्र तालिमको सार्थकता रहने भन्दै प्रभावकारी रुपमा सिक्न र सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गर्नुभएको छ । कार्यक्रममा न्यायिक समितिमा आउने समस्याहरू , वादविवाद, मुद्दाहरू लगायतका विषयहरूमा कसरी छलफल गर्ने ?, मेलमिलापकर्ताको भूमिका, न्यायिक समिति, मेलमिलाप समितिको काम, कर्तव्य र अधिकारका विषयमा विषय विज्ञहरूले प्रशिक्षण दिनुभएका थियो । मेलमिलापका आधारभूत सिद्धान्त, महत्व, पारदर्शिता तथा गोपनीयताको बारेमा प्रस्ट पारिएको तालिममा फिराद लेखन, प्रहरी , प्रकाशन र अदालतको काम लगायत विषयमा जानकारी गराइरहेको छ ।

१, सुनसरीको बराहक्षेत्र नगरपालिकामा आयोजित मेलमिलापकर्ताहरूका लागि पुनर्ताजगी तालिमका सहभागीहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
