एसईई नतिजामा प्रिसिएस एकेडेमी इनरुवा जिल्लामै पहिलो भएको दावी
सुनसरीको इनरुवा नगरपालिका स्थित प्रिसिएस एकेडेमीले माध्यमिक शिक्षा परीक्षा(एसईई) नतिजामा जिल्लामै पहिलो भएको दावी गरेको छ । विद्यालयले चार जनाले चार जीपीए सहित शतप्रतिशत नतिजा ल्याएको र अंक प्रतिसतको हिसावले सुनसरीको पहिलो र कोशी प्रदेशको टप फाईब भित्र रहेको प्रिन्सिपल ओमप्रकास यादवले दावी गर्नुभएको छ । नजिता सार्वजनिक भएको तीन दिनपछि तथ्यांक र नतिजा विशलेषणका आधारमा उत्कृष्ट सफलता हासिल गर्दै पहिलो भएको दावी गर्नुभएको हो ।

विद्यालयबाट २५ जना एसईईमा सामेल भएकोमा चार जनाले चार जीपीए, १५ जना एप्लस र ६ ए सहित शतप्रतिशत नतिजा ल्याएको जनाएकोछ । जिल्लामा प्रथम भएको दावी गर्ने एकेडेमीका शिक्षकहरु समेत खुसी हुनुहुन्छ । निजी विद्यालयमा काम गरेर उत्कृष्ट नजिता आएकोमा शिक्षक र निर्देशक मिलन मेहता समेत हर्षित हुनुहुन्छ ।
