दिपक मण्डल । इनरुवा
सुनसरी सदरमुकाम इनरुवामा राज्यका वर्तमान व्यवसाय सञ्चालन सम्बन्धी नीति, नियम, ऐन, कानूनका विषयमा बृहत् अन्तरक्रिया एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ । भदौ १७ गते शुक्रवार इनरुवा किराना तथा खाद्यान्न व्यवसायी संघको आयोजना, उद्योग वाणिज्य संघ इनरुवाको सह–आयोजनामा स्थानीय किराना तथा खाद्यान्न व्यवसायी र बजार नियमन गर्ने विभिन्न निकायका बीचमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो । यहाँका सरकारी तथा गैर सरकारी निकायहरुबीच बजार व्यवस्थापनका साथै राज्यका वर्तमान व्यवसाय सञ्चालन सम्बन्धी नीति, नियम, ऐन, कानूनका विषयमाथि बृहत् अन्तरक्रिया एवम् छलफल भएको संघले जनाएको छ । इनरुवा किराना तथा खाद्यान्न व्यवसायी संघका अध्यक्ष कैलाश रायको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि इनरुवा नगरपालिकाकी उपप्रमुख विनीता देवी मेहता रहनुभएको थियो । कार्यक्रमको संयोजन उद्योग वाणिज्य संघ इनरुवाका उपाध्यक्ष र इनरुवा किराना तथा खाद्यान्न व्यवसायी संघका सल्लाहकार गिरिराज अटलले गर्नुभएको संघले जनाएको छ । कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी, उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष वीरेन्द्र कुमार शाह, खाद्य तथा गुण नियन्त्रण प्रदेश नं १ कार्यालय बिराटनगरका कार्यालय प्रमुख राजकुमार रिजाल, सोही कार्यालय मातहतको इनरुवा डिभिजन कार्यालयबाट खाद्य निरीक्षक सिर्जन जोशी, इनरुवा घरेलु तथा साना मिल व्यवसायी संघका अध्यक्ष सूर्यकुमार निरौला, इनरुवा हार्डवेयर व्यवसायी संघका अध्यक्ष पहल बहादुर कटवाल, इनरुवा अटोमोबाइल्स एशोसियेशनका अध्यक्ष संतोष मेहता,उद्योग वाणिज्य संघ इनरुवाका सहसचिव सुरेन्द्र कुमार साह, कार्यसमिति सदस्य लालबहादुर श्रेष्ठ,पूर्व उपाध्यक्ष केदार ओझा लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम सञ्चालन इनरुवा किराना तथा खाद्यान्न व्यवसायी संघका सचिव आशीष जैनले गर्नुभएको थियो । कार्यक्रममा नगर क्षेत्रका सय भन्दा बढी स्थानीय किराना तथा खाद्यान्न व्यवसायीहरुको उपस्थिति रहेको थियो ।