इनरुवामा महिला राष्ट्रिय कबड्डी प्रतियोगिता वैशाख २६ देखि ३० सम्म गर्ने तयारी
जयकृष्ण यादव । इनरुवा
इनरुवा, बैशाख ५ गते । सुनसरीको इनरुवामा पहिलो पटक महिलाहरुको सहभागितामा प्रथम कोशीटप्पु खुल्ला महिला राष्ट्रिय कबड्डी प्रतियोगिताको तयारी भएको छ । इनरुवा नगरपालिका २ शिक्षाको खेल मैदानमा वैशाख २६ देखि ३० गतेसम्म पाँच दिवशीय महिला राष्ट्रिय कबड्डी प्रतियोगिताको तयारी पुरा भएको आयोजक सुनसरी जिल्ला खेलकुद क्लबले जनाएको छ । क्लबको आयोजना र अखिल नेपाल कबड्डी संघको समवन्यमा वैशाख २६ देखिदेखी हुने प्रतियोगिताको तयारी पुरा भएको सनिबार पत्रकार सम्मेलन गरेर आयोजक समितिका अध्यक्ष तरुण कुमार यादवले जानकारी दिनुभयो । यादवका अनुसार बैशाख २६ देखी ३० सम्म हुने महिला राष्ट्रिय कबड्डी प्रतियोगितामा देशका सात प्रदेशको ७ वटा र तीन विभागीय टिम गरी १० वटा टिम सहभागी हुनेछ । प्रतियोगितामा सबै टिमका गरि खेलाडी १२० जना, प्रशिक्षक १० जना, टिम व्यवस्थापक १० जना र निर्णायक ३० जना गरी १७० जना सहभागी रहने आयोजकले जनाएको छ । प्रतियोगिता सफल पार्नका लागि भोलेन्टिर स्थानीय संघ, प्रदेश संघ, जिल्ला संघ गरी २२५ जना सहभागी हुने तयारी गरेको छ । प्रतियोगितामा उपाधी चुम्नेलाई प्रथम पुरस्कार नगद १ लाख रुपियाँ र ट्रफी, दोस्रो हुने टिमलाई ५० हजार रुपियाँ सहित ट्रफी र तृतिय हुने दुईवटा टिमलाई २५÷२५ हजार रुपियाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा ४५ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको जनाएको छ । प्रतियोगितामा बजेटको स्रोतहरुमा राष्ट्रिय खेलकुद परिषद, स्थानीय तह, प्रदेश र संघ लगायत स्थानीय व्यापारीहरुबाट प्राप्त गर्ने लक्ष्य रहेको यादवले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । कबड्डी खेल अखिल नेपाल कबड्डी संघको नियमानुसार खेलाइने र प्रतियोगिता लिक कम नकाउटको आधारमा खेलाइने तयारी भएको छ ।


१, सुनसरीको इनरुवामा पहिलो पटक आयोजना हुन लागेको महिलाहरुको सहभागितामा महिला राष्ट्रिय कबड्डी प्रतियोगिताको तयारी बारे जानकारी दिदै आयोजक ।
तस्विर ः
