हाम्रा विधायकः
संक्षिप्त चिनारी ः
नामः प्रकाशचन्द्र परियार
जन्म मितिः२०३३÷०७÷०५
जन्म स्थानः ऐँशेलुखर्क, खोटाङ्ग
पदः प्रतिनिधि सभा सदस्य, सुनसरी
राजनीतिक दलः राष्ट्रिय स्वतन्त्र पार्टी
शिक्षाः एम.ए.(आम सञ्चार तथा पत्रकारिता)


सार्वजनिक महत्वको कानुन निर्माण र जनविरोधी कानुन संशोधन प्राथमिकतामा राखेर लामो समयदेखि वैकल्पिक राजनीतिमा सक्रिय रहँदै आउनुभएको प्रकाशचन्द्र परियार राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीबाट सांसद बन्नुभएको छ । उहाँको राजनीतिक यात्रामा पारिवारिक संघर्ष, दलित समुदायप्रतिको विभेद र भाइको सहादतले गहिरो प्रभाव पारेको छ । संसदमा पुगेपछि उहाँले छुवाछुतविरुद्धको कानुन संशोधन, सामाजिक न्याय र समावेशितालाई प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभएको छ । २०६२÷०६३ को जनआन्दोलनमा उहाँको भाई दयाराम राष्ट्रिय मान अधिकार आयोगको अनुगमनको सिलसिलामा जनकपुर पुग्नुभएको थियो । त्यतिबेला राज्यपक्षबाट भएको अन्धाधुन्ध गोली प्रहारबाट २२ वर्षकै उमेरमा भाईको सहादतले परिवारमा दिएको चोटले त अहिले पनि दुखाईरहेको छ । तर भाइको न्यायका निम्ति पनि संघर्ष गर्नुप¥यो । चाहेजस्तो न्याय पाउनुभएन् । यो कुराले उहाँलाई राजनीतिकमा आउन कसरी प्रेरणा मिलेको छ वा बाध्य बनाएको छ । संसदसंगको सामाजिक सञ्जाल मार्फत गरिएको संवादको अंश ः

१, तपाईंको संसदमा प्राथमिकताहरु के के रहन्छ ?
विकास,संमृद्धि,सुशासनमा अत्यावश्यक एक दर्जन बढी सार्वजनिक महत्वको कानुन निर्माण र कतिपय काम गर्न बाधा, परिणाम निकाल्न असर गरिरहेका जनविरोधी कानुन संशोधन प्राथमिकतामा छन । छुवाछुत जातिय विभेद विरुद्ध(कसुर तथा सजाय) ऐन २०६८ संशोधन हैन प्रतिस्थापनै गर्नुपर्नेछ त्यसमा मेरो अली बढी दिलचस्पी छ । दलित सशक्तिकरण प्राधिकरण ऐन ल्याउनु पर्नेछ, राष्ट्रिय दलित आयोग ऐन, संशोधन अत्यावश्यक छ । समग्रमा नेपालको संविधान २०७२ लाई समेत संशोधन गरेर अझ सामेली अझ परिणाममुखी, अङ सुशानमैत्री, अझ सामाजिक न्याय केन्द्रीत कामलाई कानुन निर्माताकत हिसाबले बढो नजिकवाट, बढो सूक्ष्म ढंगवाट काम गर्नु पर्नेछ ।
२, राजनीतिमा कसरी प्रबेश गर्नु भएको हो ? राजनीतिक सेवामा सुशासन र विकासको अनुभुती हुने गरी के के काम गर्ने योजनामा हुनुहुन्छ ?

मेरो राजनीतिक पत्रकारिता, मानव अधिकार, सामाजिक न्याय, परोपकार मर्यादाको लडाँईसंग जोडिएको छ । नेपालमा बैकल्पिक राजनीतिको बहसको अग्र भागमा बसेर विवेशील साझाको संस्थापक हुँदे मेरो राजनीतिक यात्रा शुरु भएको हो । स्व. उज्वल थापाहरुसंगै सहकार्य गर्दै अघि बढेको मेरो राजनीतिक राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिमा नीतिगत अगुवाईका साथ जारी छ ।
३, सुनसरी इटहरी सहित देशभरका नागरिकहरूको मत पाएर समानुपातिक सांसद हुनुहुन्छ ? यसलाइ कसरी लिनुभएको छ ?
म राष्ट्रिय राजनीतिको केन्द्रमा रहेर नीति निर्माण र संगठनात्मक अभियानमा हिँडीरहेको नेता हुँ । आम निर्वाचन २०८२ मा म राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट समानुपातिक बन्दसुचीमा उमेद्ववार बनेको थिँए, सुनसरी लगायत देशैभरबाट मतक्रान्ति भयो, ईतिहासमै अभूतपूर्व माया पाएको, अत्यधिक मत पाएको छु, सुनसरी क्षेत्र नं. २ मात्रै ४७ हजार भन्दा बढी मत समानुपातिक तर्फ घण्टीमा खशेको छ, यो भारी मतका लागि जनता जनार्दन प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहन्छु, जेनजी विद्रोहको जग, शहीदको रगत र घाईतेहरुको योगदानप्रति असिम सम्मान पकट गर्दछु ।
४, कानुन निर्माण र विकासका लागि के के तत्कालै गर्नु पर्छ जस्तो लागेको छ?
देशको मुल कानुन नै संविधान भएकाले संविधान संसोधनदेखी देशलाई आवश्यक गर्ने र समयानुकुलको कानुन निर्माणसगैं निजामती ऐन, सार्वजनिक खरिद ऐन, शिक्षा ऐन, छुवाछुत तथा जातिय हिसां विरुद्धको ऐन लगायत दर्जनौ ऐन संशोधन, निर्माण र प्रतिस्थापन गर्नुपर्ने देखिन्छ ।
५, देशको विकास र सुशासन सहित सुनसरीको लागि केही विषेश प्राथमिकताहरु पनि छन् । कि तपाईको ?
सुनसरी कोशी प्रदेशको अग्रणी जिल्ला हो । प्रचुर सम्भावनाको खानी हुँदाहुँदै पनि सुनसरीमा विकासको धेरै काम गर्नुपर्ने छ । मुलुककै अग्रणी जिल्लाको रुपमा स्थापित गर्न विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानदेखि तरहरा कृषि केन्द्रसम्म, विराटनगर महानगर टु धरान उपमहानगर जोडेर ग्राण्ड मेट्रोसम्मको सवाल छ । ठुलाठुला योजना देखि साना देखिने तर महत्वपूर्ण विकासको जग खन्नुपर्ने छ । यी र यस्तै केही विषेश प्राथमिकताहरु छन् । पारदर्शिता, जवाफदेहिता र इमान्तारिता नभएसम्म सुशासन कायम नहुने भएकाले यसतर्फ पनि सुधारका लागि काम गम्भिर भएर लाग्नेछु ।

६, राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक तर्फको प्रतिनिधि सभा सदस्य बनाएको र पार्टीलाई मतदान गर्नु हुने मतदातालाइ के भन्नु हुन्छ ?
सबै भन्दा पहिला त देशको बेथिति अन्त्यका लागि पार्टीले एजेण्डा बोकेको अर्को तर्फ भदौं २३ र २४ गतेको जेन्जी विद्रोहको मागलाई सम्बोधन गर्न पार्टीले मूल्यांकन गरेर आफूलाई उमेद्ववार बनाएको छ, यसका लागि पार्टी नेतृत्वप्रति हार्दिक कृतज्ञता, मतक्रान्तिका नायक नेपाली जनताप्रति हार्दिक नमन । जनताको विश्वास, मेरो क्षमता, पार्टी, संसद र सरकारसंग समन्वय गरेर नेपाली जनताको पक्षमा, विकास, संमृद्धि, सुशासन, सामाजिक न्याय, स्वाधिनता र आम जनाधिकारको पक्षमा म सदा प्रस्तुत हुनेछु । सदा जनता र देशको हितार्थ काम गर्नेछु । जनताको हितनै सर्वोपरी हो, म निमित्त पात्र मात्र हो भन्नेमा सदा सजग रहनेछु । जय जनता ।